पूर्वखोला र माथागढी गाउँपालिकामा फागुन १५ गते सार्वजानिक विदा

बाेलीखबर   १३ फाल्गुन २०७८, शुक्रबार १४:००

पाल्पा । पूर्वखोला गाउँपालिकाले २०७८ फागुन १५ गते सार्वजानिक विदा दिने भएको छ । ४० औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पूर्वखोला गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभर सार्वजानिक विदा दिने निर्णय गरेको हो ।

उक्त दिन गाउँकार्यपालिकाको कार्यालय, गाउँपालिका अन्र्तगतका सम्पुर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्था, विद्यालय तथा सम्पूर्ण सार्वजनिक संघ संस्थाहरुमा विदा दिने निर्णय गरेको हो ।

त्यस्तै माथागढी गाउँपालिकाले पनि एक शुभकामना सन्देश जारी गर्दै पालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । साथै ४०औं राष्ट्रिय मगर एकता दिवसको शुभकामना समेत ब्यक्त गरेकोछ ।