
पाल्पा । पाल्पाका बिभिन्न गाउँपालिकाहरूले ४० औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । रामपुर नगरपालिका रामपुर पाल्पाले सूचना जारी गर्दै सार्वजनिक बिदा दिएकाे छ भने निस्दी गाउँपालिका पाल्पाले पनि मगर दिवसको अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ । निस्दी गाउँपालिकाको मिति २०७८ फागुन १० गते बसेको १३ औं बैठकले उक्त निर्णय गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत राजु नेपालद्वारा हस्ताक्षरित सूचनामा आगामी फागुन १५ र १६ गते पालिकाभरी सार्वजनिक विदा दिने उल्लेख रहेको छ । साथै पालिकाले ४० औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सातै वडामा कार्यक्रम गरिने समेत जनाएकाे छ । त्यस्तै पाल्पाका पूर्वखाेला गाउँपालिका तथा माथागढी गाउँपालिकाले पनि एक सूचना जारी गर्दै सार्वजनिक विदा दिएकोछ ।
याे पनिः पूर्वखोला र माथागढी गाउँपालिकामा फागुन १५ गते सार्वजानिक विदा