प्रेस चौतारी नेपाल पाल्पा शाखाको पहिलो बैठक तथा पदस्थापन सम्पन्न

बोली खबर   १३ फाल्गुन २०७८, शुक्रबार २२:२२

प्रेस चौतारी नेपाल पाल्पा शाखाको पहिलो बैठक तथा पदस्थापना कार्यक्रम शुक्रबार तानसेनमा सम्पन्न भएको छ ।

बैठकमा कार्यालय व्यवस्थापन , सचिबालय गठन जस्ता विषयमा छलफल भएको छ । निर्वाचन क्षेत्रगत शाखा निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकमा नेकपा एमाले पोलिट्व्युरो सदस्य पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरे प्रमुख अतिथि रहनु भएको हो । प्रमुख अतिथि पोलिटव्युरो सदस्य गैरेले बोल्दै पार्टीको तर्फबाट आबश्यक सहयोग गर्ने र नंया निर्वाचीत कमिटीलाइ शुभकामना दिनु भएको छ । एक फरक प्रसङ्गमा बोल्दै देशले अब को ३ दिनमा नयाँ कोर्श लिने देखिन्छ भन्दै गैर साम्सदलाइ सम्सदमा राखेको एमालेले सम्सद अबरुद्ध गरेको बताउनु भएको छ । यो अबैध गठबन्धन भत्कन अवस्यक रहेको र श्रमजीवी गरीब दिन दुखी को न्यायका लागी लड्ने एमाले रहेको भन्दै सामाजिक न्यायको निम्ति सद्भावका लागी चौतारी लाग्नुपर्ने लाग्ने शुभकामना दिनु भएको छ ।

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको फाल्गुन २१ गते दाङको भालुवाङमा र २७ र २८ गते पोखरामा हुने केन्द्रिय अधिबेशन सफलता पुर्बक सम्पन्न गर्नका लागी आर्थिक संकलन गर्ने निर्णय गरिएको छ । त्यस्तै ११ जनाको सचिवालय गठन भएको छ । सचिब नारायण न्यौपानेको नेतृत्वमा ५ सदस्यीय आर्थिक सङ्कलन समिति गठन भएको छ ।

पहिलो बैठक तथा पदस्थापन कार्यक्रमको सहजीकरण प्रेस चौतारी नेपाल केन्द्रिय सदस्य कमलराज तिमिल्सिना र नेपाल पत्रकार महासङ पाल्पा शाखाका सचिब यज्ञ मुर्ति तिमिल्सिनाले गर्नु भएको हो ।

बैठकमा नेकपा एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे , लुम्बिनी प्रदेश कमिटीका सदस्य राम बहादुर रावत, प्रेस चौतारी नेपाल केन्द्रिय सदस्य कमलराज तिमिल्सिना, अक्षयकोष दाता बिष्णु बहादुर कार्की , निवर्तमान अध्यक्ष राजेन्द्र लिगल ,लगायतले बैठक मा आफ्ना भनाइ राख्नु भएको छ ।