
पाल्पा । ४० औं राष्ट्रिय मगर एकता दिवस रामपुर पाल्पाको आज सद्भाव मोटरसाईकल र्याली निकालेको छ । एकिकृत मगर उत्थान समाज रामपुरको १४ औं वार्षिकोत्सव संगै ४० औं राष्ट्रिय मगर एकता दिवसको पूर्वसन्ध्यामा सद्भाव मोटरसाईकल र्याली निकालेको छ ।
झाँकी मुल्याङ्कन समिति, सहअध्यक्ष नरेन्द्र कुमार जर्घाको संयोजकत्वमा र्याली निकालेको हो । र्याली बेझाँड बजारबाट सुरू भएकाे र्याली सदवर्त, खोपटार, भलायटार, मटेरी, विजयपुर, गेझा बर्दले हुदै रामपुर बेझाँड आएर समापन भएको थियो ।
भोली फागुन १५ गते मगरी संस्कृति झल्काउने भेषभूषा सहितको झाँकी प्रदर्शन एवं मगरी खानाका परिकार प्रदर्शन गरी मनाउन लागेको हो । फागुन १५ गते मनाईदै आएको राष्ट्रिय मगर एकता दिवसमा एकिकृत मगर उत्थान समाज र नेपाल मगर संघले संयुक्त रुपमा कार्यक्रम गर्दै आएको छ । बेझाँड बजारमा हुने दिवस विषेश कार्यक्रममा मगर संस्कृतिमा आधारित कौरा, मारुनी, झ्याउरे तथा सालैजो लगाएतका सांस्कृति झाँकी प्रदर्शन, भेषभूषा सहित बजार परिक्रमा, मगरी खानाका परिकारहरु प्रदर्शन सहित विक्री वितरण हुने एकिकृत मगर उत्थान समाजका अध्यक्ष राम बहादुर हिस्की थापाले बताएका छन् ।
कार्यक्रम उद्घाटन, ज्येष्ठ नागरिक एवं विद्यार्थी सम्मान कार्यक्रम, साँस्कृतिक झाँकी प्रस्तुति संगै कलाकारहरुको वेजोड साँगितिक प्रस्तुति रहने जनाएको छ ।
पाल्पाको पूर्वी क्षेत्र संगै गण्डकीबेशी क्षेत्रका मगर समुदायले भव्यताका साथ वषौं देखि मगर दिवस मनाउँदै आएका छन् । २०३९ साल फागनु १५ गते नेपाल लाङ्घाली परिवार संघको प्रथम अधिबेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवस मनाउँदै आएका छन् ।
फाेटाेः प्रेमकान्छा मगर