
कालीगण्डकी उपत्यकामा पुग्ने र मिनी फेवातालको रुपमा तालपोखरा क्षेत्र हेर्न र डुङ्गामा शयर गर्न कै लागि बुटवल पोखरा, काठमाडौंबाट विभिन्न टोली बनेर तालपोखरा पुग्ने गर्दछन् । तालपोखराको अलवा पार्क, पिकनिक पार्क सहितका रमणीय भाग र पछिल्लो समय खाजा नास्ताको लागि मौलिकता सँग जोडिएको कटेजको विकासले गर्दा तालपोखरा क्षेत्रमा चहलपहल बढ्दो छ ।शिवरात्रीको पुर्व सन्ध्यामा तालपोखरामा ढुंगा दौड प्रतियोगीता भएको छ । प्रतियोगीतामाम ठानेश्वर अधिकारीको र प्रकास भण्डारीको समुह प्रथम भएको छ । दितिय शिवराम कडेंल र गोपाल कडेंलको समुह भएको छ भने तृतिय मणी भण्डारी र माधव भण्डारी हुनु भएको छ । ढुगां दौड प्रतियोगितामा प्रथम हुने समहले २ मिनेट ३६ सेकेण्ड २७ मिनि सेकेण्डमा निस्चित ठाउँ पार गरेका हुन् भने दितिय हुनेले २ मिनेट ३६ सेकेण्ड ८७ मिनिसेकेण्डमा र तृतियले २ मिनेट ३७ सेकेण्ड ६९ मिनिसेकेण्डमा पुरा गरेको .तालपोखरा संरक्षण समिति सचिव सुनिल देवकोटाले जानकारी दिनु भएको छ ।
प्रतियोगीतामा प्रथम पुरस्कार रु १५हजार दितिय पुरस्कार रु १० हजार र तृतिय पुरस्कार रु ५ हजार रहेको छ ।कार्यक्रम र्सयोजक शम्भु खनालले जानकारी दिनु भएको छ ।
महाशिवरात्रीको अवसर पारेर गरिएको ढुगां दोैड प्रतियोगीता तालपोखरा सिगार्ने सरसफाईको काम भैरहेको छ ।भोलि शिवरात्रीको दिन विहानै देखि पुजा पाठ भजन कृतन हुने आयोजकले जनाएको छ । रुद्रि पुजा, भजन कृतन औपचारिक कार्यक्रम एव प्रसाद वितरण सास्कृतिक कार्यक्रम हुने छ भने पुरुसोत्तम भण्डारी ( र्पुखे वा) को उपस्थितिमा सास्कृतिक कार्यक्रम हुने छ ।
मानब निर्मीत कृतिम यो ताल रामपुरको गहनाको रुपमा रहेको छ ।
नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यमा पर्न सफल तालपोखरामा आन्तरिक तथा बाह्य पर्यटक आउने घुम्ने र रमाउने गर्दछन् ।
झण्डै ४५ रोपनी क्षेत्रफलमा फैलिएको तालको बिचमा जलेश्वर शिव भगवानको मन्दिर छ । प्रतियोगितामा भाग लिने समुहले त्यही मन्दिरको भागलाई परिक्रमा गराईएको छ । मेलामा डुङ्गा दौड प्रतियोगिताका साथै भजनकृतन, पुजापाठ तथा विविध सांस्कृतिक कार्यक्रम भैरहेको छ । तालपोखराको विकासका लागि रामपुर नगरपालिका र पर्यटन बोर्डले लाखौं रकम सहयोग गरेका छन् ।
सरकारले पर्यटकीय गन्तव्यको रकम सहित नेपाल पर्यटन बोर्ड र नगरपालिकाले संरचना निर्माणमा बर्षे्नि लाखौं रकम सहयोग गरेपछि स्थानीयले तालपोखराको विकास र व्यवस्थापनमा जुटेका हुन ।
कालीगण्डकी क्षेत्रकै आकर्षक गहना बन्न सफल भएको तालपोखरा । बर्खायाममा पानी जम्ने भागलाई २०६६ सालमा महायज्ञ गरि तालपोखराको रुपमा विकास थालिएको थियो । जहाँ साढे २ करोड रकम संङ्कलन भएको थियो ।
सोही समयदेखि तालपोखराको संरचना शुरु भएपनि केही संरचना निर्माण सकिएसँगै केहि बर्षयता देखि पुजाआजा र डुङ्गा सञ्चालन हुदै आएको छ ।
