तालपोखरा मेला :भक्तजनको घुइँचो

बोली खबर   १८ फाल्गुन २०७८, बुधबार ०५:३०

पाल्पा, सदाका बर्षमा जस्तै यस बर्ष पनि १ सय पर्यटकिय गन्तव्य भित्र पर्न सफल तालपोखरामा महाशिवरात्री मेला लागेको छ । महाशिवरात्रीको अवसरमा तालपोखरामा दिनभर पुजापाठ, भजनकृतन सहित मेला लागेको हो ।

संस्थाका उपाध्यक्ष पुरुषोत्तम ढकालले लेखा प्रतिवेदन प्रस्तुत गर्नु हुदै उपस्थितलाइ स्वागत गर्नु भएको थियो ।तालको बिचमा रहेको जलेश्वर महादेवको मन्दिरमा पुजा गर्न जानेहरुको बाक्लो उपस्थिति बिहानै देखी रहेको थियो । दिउँसो डुङ्गा सयर गर्नेहरुको घुईचो लागेको थियो । महाशिवरात्रीको अवसरमा नयाँ डिजाईन सहितको डुङ्गा थप गरेको छ ।
महाशिवरात्री मेलालाई सम्बोधन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले तालपोखराले रामपुरलाई थप चिनाउन सफल भएको बताउँदै नगरले यसलाई प्रथामिकता दिएर हेर्दै आएको बताउनुभयो । उहाँले विकासको आधार पर्यटन क्षेत्र भएकाले नगरले पहल गर्दै आएको बताउनुभयो ।

वडा न६ का अध्यक्ष हुमनाथले न्यौपानेले शुभकामना दिनु भएको थियो ।

तालपोखरा संरक्षण समितिका अध्यक्ष सागर प्रसाद देवकोटाले गुरु योजना अनुसार आवश्यक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । उहाँले तालमा आएका पर्यटकहरुको आवश्यकतालाई मध्येनजर गर्दै यस वर्ष फाईवर बोट थप गरिएको बताउनुभयो । कार्यक्रमको सञ्चालन सचिव सुनिल देवकोटाले गर्नु भएको हो । शिवरात्री मेलामा भजनकृतन सहित हास्यकलाकार पुरुषोत्तम भण्डारी पुर्खे बा संगै अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो । पण्डित कमलनयन गौतमको प्रवचन सहित बुधबार मेला सम्पन्न हुनेछ ।