
पाल्पा, शिबरात्री मेला देश भर नै धुनधाम सङ्ग मनाइएको छ । पबित्र कालीगण्डकी आसपासका शिवालयहरुमा पनि शिवको पुजाआजा गरि शिवरात्रि मनाइएको छ ।
सोही अबसरमा रामपुर नगरपालिका वडा ८ भुजात स्थित धार्मिक एवं पर्यटकिय स्थल सिद्धबाबा धाममा बिजयपुरको शिवालय , आपचौरको शिबालय , तातोपानी धाम, बेझाडमा रहेको शिब मन्दिर , टापुधाम तालपोखरा लगायत यस क्षेत्रमा रहेका मन्दिरहरुमा पुजा आजा सहित मंगलबार शिब रात्रि पर्ब मनाइएको छ ।
रामपिर ८ भुजातमा रहेको सिद्धबाबा धाममा अहिले सम्म कै धेरै भक्तजनहरु पुगेका हुन । पुजापाठ, मन्दिरको दर्शन संगै शिवरात्री विशेष मेला भर्नको २० हजार भन्दा बढी भुजात पुगेको सिद्धबाबा धाम भुजात पर्यटन विकास समितिका अध्यक्ष त्रीलोचन अधिकारीले बताउनु भएको छ ।
मन्दिरमा दिनभर भक्तजन तथा मेला भर्न जानेहरुको घुईचो लागेको थियो । २०५१ सालमा स्थापना भएको सिद्धबाबा धाममा शिवरात्रीको अवसरमा विशेष मेला लाग्दै आएको छ । मन्दिरमा नियमित पुजापाठ हुँदै आए पनि साउन महिनाको सोमबार र शिवरात्रीमा भक्तजनहरु बढी जाने गर्दछन् ।
समितिका अध्यक्ष अधिकारीका अनुसार झण्डै २० हजार बढीको संख्यामा विभिन्न स्थान बाट भक्तजनहरु भुजात पुगेको अनुमान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘२०५१ सालमा स्थापना भएको मन्दिरमा अहिले सम्म कै उच्च संख्याको सहभागीतामा उल्लाषमय रुपमा शिवरात्री मेला सम्पन्न भयो ।’
अधिकारीले सिद्धबाबाको महिमाको प्रचार प्रसार संगै सडक यातायातको सहजताले पनि दर्शन गर्न आउनेहरुको संख्या विगतको तुलनामा बढ्दै गएको बताउनुभयो । ‘विगतको वर्षहरु देखि क्रमश भक्तजनहरुको चहलपहल बढ्दै गएको थियो । कालीगण्डकी करिडोर निर्माण संगै आउनजान सहज भएको छ । मंगलबारको उपस्थिति अहिले सम्म कै धेरै हो ।’ मन्दिरमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर, कास्की, रुपन्देही लगाएतका स्थान बाट भक्तजनहरु सहभागी भएका थिए ।
मन्दिरको दर्शन गर्ने सहज वातावरण बनाउन स्वंयम सेवक संगै सुरक्षाकर्मी परिचालन गरिएको थियो । मन्दिर परिसरको १ सय ८ शिवलिङ्गमा बेलपत्र, दुध तथा जल चढाउन लाईनको व्यवस्था गरिएको थियो । सिद्धबाबा धामको धार्मिक पर्यटन प्रवद्र्धनका लागि रामपुर नगरपालिका, प्रदेश सरकार र संघिय सरकारको सहयोगमा गुरुयोजना अनुसार कार्य भैरहेको सिद्धबाबा धाम भुजात पर्यटन विकास समितिले जनाएको छ ।
मन्दिर परिसरमा संरचनाहरु निर्माण गर्नुका साथै पश्चिमको भागमा वनभोजका लागि भवनहरु निर्माण गरिएको छ । पछिल्ला दिनहरुमा वनभोज तथा कालीनदीको तटमा रमाउनका लागि आन्तरिक पर्यटकहरु पुग्ने गर्दछन् । भजन कृतन सहितको शिवरात्री मेलामा स्याङ्जाको बाट कालीनदी तरेर आउन जान सहजताका लागि तथा ¥याफ्टिङ्ग गर्न चाहानेहरुलाई मध्येनजर गरी रोज रिसोर्टले भक्तजनहरुलाई ¥याफ्टिङ्गको व्यवस्था गरेको थियो ।
स्थानीय आमासमुह द्धारा प्रसादि बितरण गरिएको थियो ।
