
दलित बर्ग उत्थान समन्वय नगर समितिको आयोजनामा उद्घोषण तालीम सुरु भएको छ ।
समितिका उपाध्यक्ष केश बहादुर नेपालीको स्वागत बाट सुरु भएकसुरु भएको कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा प्रमुख अतिथि रहनु भएको हो । नगर प्रमुख थापाले बोल्दै आफ्नो बिकास र राज्यको मुलधारमा आउन मेहनत साथ सिक्ने र समाज रुपान्तरण तर्फ लाग्न आग्रह गर्नु भएको छ ।
कार्यक्रममा नगर उपप्रमुख ,राष्ट्रिय दलित पत्रकार संघका लुम्बिनी प्रदेश अध्यक्ष एब तालिमका प्रशिक्षक चिन्ता परियार, नेकपा एमाले नगर अध्यक्ष बिष्णु प्रसाद रेग्मी , नेपाली काङ्ग्रेस नगर सचिब चिरञ्जीवी सिग्देल , नेकपा माओवादी केन्द्र रामपुर नगर अध्यक्ष यम बहादुर सुनार, नेकपा एकीकृत समाजबादी पार्टी नगर उपाध्यक्ष रामप्रसाद भण्डारी , दलित महिला सशत्तिकरण संजाल चापाकोट अध्यक्ष पुर्णिामा परियार, दलित मुक्ति अभियान सचिवालय सदस्य प्रकाश सुनार, हाल सल्लाहकार सदस्य अर्जुन सुनार लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
समितिका अध्यक्ष धन बहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा काेषाध्यक्ष टेक बहादुर सुनारले उपस्थितलाइ धन्यवाद दिनु भएको थियो । कार्यक्रमको संचालन सचिब सन्जु देबि परियारले गर्नु भएको हो ।रामपुर नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिम ५ दिन सम्म होटल नमस्ते पाल्पामा चल्ने छ ।