माथागढीमा नवनिर्मित वडा भवनकाे उद्घाटन

रमेश राना   २१ फाल्गुन २०७८, शनिबार ०९:४५

पाल्पा । जिल्ला अन्तर्गतको माथागढी गाउँपालिका वडा नं ७ रहवासको नव निर्मित वडा कार्यालय भवनकाे उद्घाटन सम्पन्न भएको छ ।

नव निर्मित भवन प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले उद्घाटन गरेकाे हाे । अध्यक्ष थापाले प्रत्येक वडामा आफ्नै कार्यालय भवन निर्माण गरी सेवा दिने योजना अनुरूप कार्यालय भवन निर्माण गरिएको बताएका छन् । कार्यालय भवनको उद्घाटन गर्दै थापाले वडाको सेवा सहज बनाउनका लागि सुबिधा सम्पन्न भवन निर्माण गरिएकाे र आम नागरिकहरुलाई सहज रूपमा सेवा दिन आग्रह गरेका छन् ।

माथागढी गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउँदै नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गरे ।

माथागढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले गुणस्तरीय सेवा दिएर जनतालाई सहज बनाउने योजना अनुरुप वडा कार्यालयको आफनै भवन निर्माण गरेको र आपनै वडा कार्यलेबाटै सहज रूपमा सेवा दिन आग्रह गरेका छन्। माथागढी गाउँपालिका प्रबक्ता तथा वडा नं.४ का वडाध्यक्ष मधु पराजुलीले जनताका सेवा र सुविधाका लागि वडा कार्यालयको आफ्नै भवन बनेको र जनताका हित हुने काम गर्नुपर्ने बताए।

करिब ३२ लाखको लागतमा भवन निर्माण भएको वडा अध्यक्ष जंग बहादुर थापाले बताए । उनले आफ्नो भवन सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै अब यहाँका वडाबासीको लागि सेवा दिनमा धेरै सहज हुने बताए । कार्यक्रममा राजनीतिक दल, समाजसेवी, युवा बुद्धिजीवी, वडा सदस्य, कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।