
अखिल नेपाल महिला संघ वडा न १० वडा कमिटी गठन भएको छ ।
वडाको सुर्यगौडामा भएको कार्यक्रममा निर्मला भट्टराईको अध्यक्षतामा ४७ सदस्यीय वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा जमुना अधिकारी सचिब जनुका भट्टराई उपसचिव चिनमाया कुमाल र शान्ति खनाल रहनु भएको छ ।तस्तै सचिवालयमा मिना कोइराला र तेजकुमारि बस्याल रहनु भएको छ ।
अनेमसंघ सदस्य निर्मला भट्टराईको स्वागतबाट सुरु भएको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य टंकनाथ खनाल रहनु भएको छ ।
निर्वाचित कमिटीलाइ भारत प्रवासी संघ का केन्द्रिय सदस्य रामचन्द्र भण्डारी , जिल्ला कमिटी सदस्य नगर इन्चार्ज राजेन्द्रप्रसाद लम्साल , लिल बहादुर गाहा , बन्दना पोखरेल , जिल्ला सल्लाहकार सदस्य नोलराज भण्डारी , अनन्त सिलुवाल, बैकुण्ठ खनाल नगर कमिटी उपाध्यक्ष तोयानाथ सारु , उपसचिव इश्वरी खनाल, युवा संघ नेपाल जिल्ला कमिटी सदस्य नारन खनाल शुभकामना लगायतले शुभकामना दिनु भएको छ ।
जिल्ला कमिटी सदस्य एवं अनेमसंघ नगर कमिटी अध्यक्ष दुर्गा देबि रानाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सिता देवकोटाले गर्नु भएको छ ।