इस्लामी संघ नेपालको देश व्यापी महिला अधिकार अभियान सुरु

बोली खबर   २२ फाल्गुन २०७८, आईतवार ०४:३८

राष्ट्र व्यापी महिला अधिकार अभियान
इस्लामी संघ नेपालको आयोजनामा देश व्यापी रुपमा सन्चालन भैरहेको छ ।
फाल्गुन २० गते देखि २६ गते सम्म देश व्यापी महिला अधिकार अभियान हुने भएको हो ।११२औ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अबसरमा सन्चालन भएको अभियान अन्तर्गत
इस्लामी संघ नेपाल पाल्पा इकाइले पनि शुक्रबार देखी हजरत बेलाल जाने मस्जिदमा इस्लामले नारीलाइ दिएको अधिकार बिषयमा प्रवचन कार्यक्रम गर्ने भएको हो ।
हाम्रो देश नेपाल लगायत बिश्व भर नै महिलालाइ हेर्ने दृष्टिकोण , महिलाको पारिवारिक र साङ्गठानिक स्थान ,समाबेशिता र स्वतन्त्रताको सम्बन्धमा आवाज उठिरहेको सन्दर्भमा महिलाको वास्तबिक स्वतन्त्रता र अधिकारलाइ सुनिश्चितता गर्ने लक्ष्य कार्यक्रमको रहेको पाल्पा इकाइ अध्यक्ष महम्बद अलिले बताउनु भएकोमा छ ।

एक कार्यक्रम का बिच धर्म गुरु महम्बद सलिमले इस्लाम धर्मले महिलालाइ सम्मान र इज्जत दिएको बताउनु भएको छ ।
करिब ८० जना सहभागी रहेको कार्यक्रममा सस्थाका सचिब मेराजुदिन मियाले महिला शिक्षित भै आफ्नो अधिकार खोज्न र लिन समाज रुपान्तरणमा लाग्न आबश्यक रहेको बताउनु भएको छ ।कार्यक्रम साता व्यापी रुपमा मनाइने आयोजकले जनाएको छ।