
नेकपा एमाले रामपुर १० वडा कमिटीको आयोजनामा शोक सभा सम्पन्न भएको छ । नेकपा एमालेका शुभचिन्तकहरु बासु न्यौपाने, शिव न्यौपाने र दिपक न्यौपानेका बुवा सामाजिक ब्यक्तित्व स्व. उदयराज न्यौपानेको सम्झनामा शोक सभा गरेको हो ।
समबेदना कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य टंकनाथ खनाल प्रमुख अतिथि रहनु भएको हो ।शोक सभामा जिल्ला कमिटी सदस्य राजेन्द्र लम्साल, लगायतले परिवारमा समबेदना व्यक्त गर्नु भएको छ ।
कार्यक्रम वडा कमिटी अध्यक्ष टंक प्रसाद खनालको अध्यक्षता तथा वडा कमिटी सचिब अनन्त भब्डारीको सन्चालनमा चलेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि खनालले स्वर्गीय न्यौपानेको सामाजिक योगदानको चर्चा गर्दै समबेदना पत्र समेत हस्तान्तरण गर्नु भएको थियो ।