रामपुरमा ‘माराङ’ मगर चलचित्रको च्यारेटी सो प्रदर्शन

बाेलीखबर   २२ फाल्गुन २०७८, आईतवार १७:०७

पाल्पा । मगर चलचित्र ‘माराङ’को च्यारेटी सो प्रदर्शन सम्पन्न भएको छ । शनिवार पाल्पा रामपुरको न्यूश्रीनगर होटलको सभा हलमा प्रदर्शन सम्पन्न भएको हो ।

प्रर्दशन मगर रेन्जा क्लव रामपुरको आयोजनामा भएको प्रर्दशन कार्यक्रममा प्रमुख अतिथि एकीकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष राम बहादुर हिस्की थापाले मगर साँस्कृतिलाई संरक्षण गर्दै लोप हुदै गरेका मगर संस्कृति, भाषा, कलाको संरक्षण गरेकोमा धन्यवाद दिदै मगर चलचित्र माराङलाई प्रशंसा गरेका थिए ।

विशिष्ट अतिथि समेत रहेका उक्त चलचित्रका नायक रामबाबु थापाले माराङ चलचित्रको बारेमा प्रष्ट परेका थिए भने कार्यक्रम रेन्जा क्लबका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता तथा सचिव दानु हिस्कीमगरले संचालमा संचालक गरेका थिए ।
चलचित्रमा मगरको भेषभुषा र पुरानो कल्चरलाई जस्ताको तस्तै पर्दामा उतार्ने प्रयास गरेको हँुदा दर्शकहरुले मन पराइ दिनु भएको र नयाँ पुस्तालाई दस्तावेज सावित हुन सक्ने हुदाँ एक पटक यो माराङ चलचित्र हेर्नुपर्ने निर्देशक बुद्ध्या सुनारीले बताए । साथै माराङ–२ पनि छिट्टै आउने बताएका छन् ।

चलचित्र माराङ बुद्ध्या सुनारीको लेखन तथा निर्देशनमा तुल, रुपा सारु निर्माता रहेका छन् । कलाकारहरु रमेश बाबु थापा, सिर्जना मसराङी मगरको मुख्य भुमिका रहेको छ भने गणेश घले, टेक राना, टिका थापा लगायत अन्य कलाकारहरुको पनि अभिनय रहेको छ ।
चलचित्र माराङ पाल्पाको निस्दी गाउँपालिकाको झयाल्टुङ, र तनहुँको रिसिङ गाउँपालिका पल्टेङ गाउँमा बढी छायाँकन गरिएको जानकारी गराउदै विभिन्न जिल्ला र नेपाल बाहिरसम्म लैजाने निर्देशक बुद्ध्या सुनारीले बताए ।

याे पनिः- माेफसलमा ‘मगर रेन्झा’ (मगर गित)