
खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता भन्ने नारा सहित खाद्य स्वच्छता सम्बन्धि गोष्ठी रामपुरमा सम्पन्न भएको छ ।
रामपुर उद्योग बाणिज्य संघ रामपुरको समन्वय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाको आयोजनामा गोष्ठी सम्पन्न भएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठको अध्यक्षतामा भएको गोष्ठीका प्रमुख अतिथि रामपुर उद्योग वाणिज्य संघ का अध्यक्ष भोजेन्द्र प्रकास ढकाल रहनु भएको हो ।
प्रमुख अतिथि ढकालले बोल्दै स्वच्छ रहन स्वस्थ्यकर खाना खानु र खुवाउनु जरुरी रहेको बताउदै यसका प्राबिधिक अफ्ट्यारो फुकाउन कार्यालयले सहयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
गोष्ठीमा खाद्य ऎन ,नियमावली र सजाय जस्ता बिषयमा बिषयमा खाद्य निरीक्षक सरोज खनालले जानकारी दिनु भएको थियो ।
सुरक्षीत उत्पादन गरौ र जिबन बचाऔ भन्दै खाद्य सम्बन्धि जानकारी दिनु भएको छ । रामपुर क्षेत्रका करिब २० जना खाद्य उत्पादन गर्ने उद्योगीहरु सहभागी रहेको छन ।