अखिल नेपाल महिला संघले मनायो श्रमिक महिला दिवस

बाेलीखबर   २५ फाल्गुन २०७८, बुधबार ०३:३३

पाल्पा । अखिल नेपाल महिला संघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । अखिल नेपाल महिला संघ वडा कमिटीको आयोजनामा रजघरा बजार परिक्रमा गरी सुरु गरिएको दिवसमा वडा कमिटी समेत गठन गरेको छ ।

रामपुर नगरपालिका वडा न ३ मा अनेमसंघ गठन भएको हो । यमकान्ति पराजुलिको अध्यक्षतामा सदस्यीय वडा कमिटी गठन भएको छ ।
जसको उपाध्यक्षमा कमला परियापर, सचिब पम्फा मल्ल , उपसचिब लिला कोइराला र कल्पना साहि रहनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल रहनु भएको हो ।प्रमुख अतिथि कंडेलले बोल्दै बिकास र समृद्धिका लागी एमाले भएको बताउनु भएको छ ।
त्यस्तै प्रदेश कमिटी सदस्य युबराज खनाल, जिल्ला कमिटी सदस्य दामोदर पाठक ,नगर इन्चार्ज राजेन्द्र प्रसाद लम्साल , सह इन्चार्ज दुर्गा देबि राना, वडा अध्यक्ष लोकनाथ भट्टराई ,यमकान्ति पराजुली , वडा सदस्य खगिसरा बिक , नब ज्योति आमा समुहका अध्यक्ष ज्ञानि सरा सोमै लगायतले आफ्ना भनाइ राख्नु भएको थियो ।
रन्जु भट्टराईको स्वागत बाट सुरु भएको कार्यक्रमको अध्यक्षता वडा सम्योजक इश्वरी खनालले गर्नु भएको हो ।