
पाल्पा । प्रहरीले लागूऔषध सहित पाल्पाको दुई स्थान बाट तीन जना युवकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले मंगलबार मोटरसाइकलमा लागूऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ताराखोला गाउँपालिका–१, बाग्लुङ बस्ने २१ वर्षका नितेष घर्तीमगर, काठेखोला गाउँपालिका–५, बाग्लुङ बस्ने २० वर्षका मोहन श्रीस र बाग्लुङ् नगरपालिका–३, बाग्लुङ बस्ने २१ वर्षका सौरव पुन रहेका छन् । घर्ती मगर र श्रीसको साथमा नुफ्रिन ३ एम्पुल, डाइजोपम २ एम्पुल प्रेथोजिन ३ एम्पुल, प्रयोग गरेको डाइजोपम १ थान र सिरिन्ज २ थान फेला गरेको छ । मंगलबर बेलुकी साढे ५ बजेतिर ध २ प ३६९४ नम्बरको मोटरसाइकल चढेर बुटवलतर्फ जाने क्रममा उनीहरूलाई प्रभास चौकीले चेकजाँचको क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उता हार्थोक प्रहरी चौकीले तानसेन हुँदै सर्देवातर्फ जाँदै गरेको ध १ प १०४९ नम्बरको मोटरसाइकल सहित पुनलाई पक्राउ गरेको हो। पुनको साथ बाट डाइजोपम २२, नुफ्रिन २०, प्रेथोजिम २२ गरी ६४ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । यस विषयमा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।