
पाल्पा । तानसेनको नारायस्थानमा रहेकाे अमर नारायण मन्दिरको छानो खसेको छ । बुधबार दिउँशो २ बजेतिर नारायण मन्दिरको छानो खसेको स्थानीय बासिन्दाले बताएका छन् ।
मन्दिरको दाेस्रो तलाको छानोको केही भाग खसेको स्थानीय बासिन्दाले बताएका छन् । जीर्ण भएको छाना खसेको हुनसक्ने बताइएको छ ।
लामो समयसम्म मर्मत हुन नसकेको मन्दिर जीर्ण भएकाले छानो खसेको हो । २१५ वर्षअघि अमरसिंह थापाकाे चाहना बमाेजिम नारायण मन्दिरकाे स्थापना गरिएकाे थियाे ।
तस्बिरः तेज घर्तिमगरकाे फेसबुकबाट