निम्बार्क वैष्णव परिषद नेपालकोअधिबेशन सम्बन्धि पत्रकार भेटघाट

बाेलीखबर   २६ फाल्गुन २०७८, बिहीबार ०३:१६

पाल्पा, निम्बार्क वैष्णव परिषद नेपालको पाँचौ केन्द्रीय महाधिवेशन केन्द्रिय कार्यालय चापाकोट नगरपालिका ६ केलादी धाममा हुने भएको छ । नयाँ नेतृत्व चयनको लागि चैत्र ६ देखि ८ गते सम्म राधादामोदर मन्दिर (नेपाल निम्बार्क पीठ) मा अधिवेशन हुन भएको हो।

२०१३ सालमा स्थापना भएको केलादि धाम पाल्पा ,स्याङ्जा र तनहुको सङ्गम स्थाल पबित्र कालीगण्डकीको तटमा रहेको छ । अधिवेशनमा देशैभर रहेका वैष्णवहरुको सहभागीता रहनेछ । राधादामोदर मन्दिर नेपल निम्बार्क पीठ केन्द्रिय कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी अधिवेशनको बारेमा जानकारी गराइएको थियो । अधिवेशनको बारेमा जानकारी दिदै राधादामोदर मन्दिर व्यवसथापन समितिका अध्यक्ष लेखनाथ बस्ताकोटीले महाधिवेशनमा देशैभरका वैष्णव समुदायका प्रतिनिधिहरुको उपस्थिति रहने बताउनुभयो । उहाँले वैष्णव विचार नेपालमा अनन्त श्री विभूषित भगवच्छरण देवाचार्य जी महाराजले भित्र्याउनु भएको जानकारी दिदै उहाँले ध्यान र तपस्या गर्नुभएको श्रीकृष्ण गण्डकीको तट केलादी धाम मै अधिवेशन हुनलागेको बताउनुभयो ।
राधादामोदर मन्दिरका महन्त गोपाल शरण उपाध्यायले निम्बार्क सम्प्रदायको बारेमा जानकारी दिनु भएको थियो । उहाँले वैष्णव धर्मको नेपालमा विभिन्न गुरुहरुले सुरुवात गरे पनि यसको प्रचार प्रसार केलादी धाम बाटै भएको बताउँदै निम्बार्क वैष्णव धर्मले अहिंसाको मार्ग बाट जीवहरुको जिवनरक्षा गरेको बताउनुभयो । पत्रकार सम्मेलनमा राधादामोदर मन्दिर व्यवस्थापन समितिका सचिव घनश्याम खनालले अधिवेशनमा हुने गतिविधिको बारेमा जानकारी दिनुभएको थियो । उहाँका अनुसार अधिवेशन बाट चार वर्षको लागि समिति चयन हुनुका साथै समग्र केलादी धामको उत्थानको लागि केलादीधाम घोषण पत्र पारित गर्नेछ ।

निम्बार्क सम्प्रदाय चार मुख्य सम्प्रदाय मध्ये अति प्राचीन वैदिक सम्प्रदायको रुपमा लिईन्छ । निम्बार्क वैष्णव परिषद नेपाल हिन्दु धर्मको संरक्षण र मानव सेवाका लागि अहिंसावादीहरुको संगठन हो ।
पत्रकार बासुदेव ढकालले आफ्नो धारणा राख्दै केलादी धाम धार्मिक तथा सामरिक हिसावले पनि महत्वपूर्ण तपोभूमी रहेको भन्दै पुराना सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिनु पर्ने बताउनुभयो । पाल्पा, स्याङ्जाका पत्रकारहरुको उपस्थिति रहेको पत्रकार भेटघाट कार्यक्रममा मन्दिरका उत्तराधिकारी कृष्णशरण सिग्देलको समेत उपस्थिति रहेको थियो । राधादामोदर मन्दिरका अध्यक्ष लेखनाथ बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रम प्रचार प्रसार संयोजक प्रमोद पोखरेलको स्वागत र सचिव घनश्याम खनालको सञ्चालनमा भएको थियो ।