निस्दीको मित्यालमा लालीगुराँस टिप्न जाँदा लडेर गम्भिर घाईते

लक्की मगर   २ चैत्र २०७८, बुधबार १३:५१

पाल्पा । निस्दी गाउँपालिका वडा नं. ४ मित्यालको अर्चभज्याङ्गका तिल बहादुर सारु लालीगुराँस टिप्न जाँदा लडेर गम्भिर घाईते भएका छन् ।
१४ बार्षिय सारु लालीगुराँस टिप्न जादा ढुङ्गाले किचेर दाहिने खुट्टा भाँचिएको छ ।

मित्याल प्रहरीचौकी रुक्सेभज्याङ्गका अनुसार स्कूलबाट घर फर्किदै गर्दा बल्ढयाङ जंगलमा सार्थीहरुसंग लालीगुराँस टिप्न गएका थिए । सो क्रममा ढुङ्गामा टेक्दा ढुङ्गा नै लडेपछि उनको दाहिने खुट्टामा लागेको बताएका छन् ।

उनलाई प्रहरी तथा स्थानीय मिलेर उद्धार गरिएको थियो । मित्याल स्वास्थ्य चौकीमा प्राथमिक उपचार पछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको छ । तिल बहादुर सारु मित्याल आधारभुत विद्यालय कक्षा ५ मा अध्ययनरत छन् ।