नेकपा एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटी बैठक सम्पन्न

बाेलीखबर   २ चैत्र २०७८, बुधबार २१:१६

नेकपा एमाले पाल्पा क्षेत्र न१ समन्वय कमिटीको बैठक सम्पन्न भएको छ । रामपुर ९ अर्बसिङ्गमा सम्पन्न बैठक मा निर्वाचन लक्षित विभिन्न बिषयमा निर्णय भएको छ । 

क्षेत्रिय कमिटी उपाध्यक्ष नबिन्द्र थापा सोतीको स्वागत बाट सुरु भएको बैठकमा ३ हजार१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको छ । बैठकमा पोलिटव्युरो सदस्य प्रदेश सह इन्चार्ज संघीय साम्सद दल बहादुर राना समृद्धि नेपाल सुखी नेपालीको अभियान पुरा गरि , समाजवाद ल्याउने लक्ष्यमा पुग्नु पर्ने छ ।  भन्दै यसपाली ९० % वडा जित्ने र सबै पालिका जित्ने बताउनु भएको छ ।

पोलिटव्युरो सदस्य पाल्पा इन्चार्ज ठाकुर गैरेले बोल्दै सरकार रोज्ने कि एमसिसि रोज्ने भन्ने बिषयमा सरकार रोजे आफै बोलेको बिर्सने एकै खालको मुद्दामा सभामुखले दुइ थरी व्याबहार गरेको बताउनु भएको छ । 

कम्युनिस्ट पार्टी सस्थागत पार्टी हो । व्याक्ति भन्दा माथि उठेर सस्थागत सामुहिक निर्णय गर्ने पार्टी भन्दै उहाले एक फरक प्रसङ्गमा बोल्दै अहिले काङ्ग्रेस सरकारले निकालेको १०० दिनका काममा प्रधानमन्त्री सेरबहादुर देउवाको तस्बिर भएको किताबमा नेपालको नक्सामा चुच्चो गायब छ ।

केन्द्रिय अनुशासन आयोगका सदस्य झपेन्द्र जिसि , जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे , प्रदेश सदस्य एब प्रदेश सभा सदस्य नारायण आचार्य , लगायतले आगामी निर्वाचनमा बिजयको शुभकामना दिनु भएको छ ।  

 बैठकमा जनसङ्गठन परिचालन तथा समसामयिक  बिषयमा छलफल भएको छ । बैठकमा अब स्थानीय निर्वाचनमा पार्टी सदस्यले तोकिएको दायित्व दिनु पर्ने र निर्वाचनमा सबैले हिस्सा लिने निर्णय गरिएको छ ।

निर्वाचन क्षेत्र समन्वय कमिटीका अध्यक्ष बिमल काफ्लेको अध्यक्षमा भएको बैठकमा सचिब लिल बहादुर गाहाले गर्नु भएको हो ।