
पाल्पा । फागू पूर्णिमा अर्थात रंगहरुको पर्व होली आज देशभर बिभिन्न रङ, अविर र लोला खेली होली पर्व मनाइदै छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई राजधानी लगायत देशका पहाडी भागहरुमा आज होली पर्व हर्षोल्सापूर्वक मनाइदैछ । नेपालका सबै जात जातिले मनाउने होली पर्व आज पहाडी क्षेत्रमा मनाउने गरिन्छ भने भोलि तराईमा मनाइन्छ ।
फागुको मौलिक पन भने पछिल्लो समय हराउँदै गएको छ । हाम्रा पुर्खाहरुले मादल, डम्फु सहित परम्परागत रुपमा गाउँदै आएको फागु गित पछिल्लो समय हराउँदै गएको छ । असत्यमाथि सत्यको विजय भएको उत्सवका रुपमा रङ दलेर यो पर्व मनाउने गरिन्छ । फागु पर्वका उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
यता जिल्ला प्रशासन कार्यालय पाल्पाले आपसमा खुशी साटासाट गरेर होली मनाउन आग्रह गरेको छ । लोला हान्ने, पानी छ्याप्ने, जथाभावी रङ दल्ने, बाटोमा ढुकेर यात्रु/ बटुवालाई रङ लगाउने, बाटो अवरोध गरी सवारी साधन बाट रकम असुल्ने जस्ता कार्य नगर्न नगराउन अनुरोध गरेको छ । अराजक कार्यमा भएको पाईएमा कार्वाही गर्ने जनाएको छ ।