प्रेस चौतारी नेपाल पाल्पा शाखा र रामपुरका स्थानीय तहका नेतासगँ अन्तरक्रिया

बाेलीखबर   ३ चैत्र २०७८, बिहीबार २०:५६

प्रेस चौतारी नेपाल पाल्पा शाखाले रामपुरमा स्थानीय तहका नेता तथा पत्रकार बिच संग अन्तरक्रिया गरेको छ ।
रामपुरमा आयोजित अन्र्तक्रियामा नेकपा एमालेबाट स्थानीय पार्टी प्रमुखहरुसंग समसामयिक विषयमा अन्तरक्रिया गरेको हो ।
अन्र्तक्रियामा ५ वर्षे कार्यकालको समिक्षा , स्थानीयतहका राम्रा काम र उपलब्धीहरुलाई संस्थागत गर्ने निर्णय गरिएकोछ
प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य ठाकुर गैरेले गठबन्धन सरकार नेपालको इतिहासमै असफल भएको बताउदै, राज्यका तिनै अंगहरु चलायमान हुन नसकेको बताउनुभयो । पाल्पा इन्चार्ज समेत रहनुभएका नेता गैरेले गठबन्धन रहेसम्म जनताको आवश्यकताहरु कहिले पुरा नहुने भन्दै, बिधीको शासन स्थापित गर्न नेकपा एमाले विजयी हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँ अहिले इतिहासमा नै खराब अर्थतन्त्र भएको बताउदै जन जिबिकाका सामनको महङ्गी र सरकार मौन बसेको आरोप लगाउनु भएको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले बोल्दै रामपुर नगरपालिकाले ५ बर्षमा देखिने काम के गरेको छ भन्दै आफ्नो पार्टीको तर्फबाट भएको कामहरूका बारेमा बताउनु भएको छ ।
नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले जनताको काम गर्ने जनसरकार भनेकै नेकपा एमाले भएको बताउदै, निर्वाचन पछी एमालेकै नेतृत्वमा सरकार संचालन हुने बताउनुभयो । कार्यक्रममा स्थानीय नेताहरुले पार्टी र जनता प्रति उत्तरदायी बनि भ्रमको अन्त्य गरी जनतालाइ सही सूचना संप्रेषण गर्न मिडिया जगतलाई आह्वान समेत गर्नुभयो ।


प्रेस चौतारी नेपाल पाल्पाका उपाध्यक्ष बन्दना पोखरेलको स्वागतबाट सुरु भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य टंक खनाल, प्रदेश सभा सदस्य युबराज खनाल, प्रदेश कमिटी सदस्य बुद्धिराज गौतम , एमालेका नेता राजु प्रसाद श्रेष्ठ लगायतले गठबन्धन सरकारले गरेका कुप्रचार र भ्रमको खेतीलाई संचार क्षेत्रले उजागर गर्नुपर्ने बताउनुभयो ।
रामपुर क्षेत्रका चौतारी निकटका पत्रकार र नेकपा एमालेका नेताहरुको उपस्थितिमा भएको कार्यक्रमको सन्चालन चौतारीका सचिब नारायण न्यौपानेले गर्नु भएको थियो । अन्तक्रिर्याको अन्त्यमा सद्भावको पर्ब होलीको अबसरमा एक अर्का बिच माया र प्रेम सद्भाव बाढ्दै रंग खेली मनाइएको छ ।