गृहमन्त्री खाण आज पाल्पाको रामपुर आउँदै नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्ने

बाेलीखबर   ५ चैत्र २०७८, शनिबार ०८:२९

पाल्पा । गृहमन्त्री बालकृष्ण खाण  आज पाल्पाको रामपुर आउने भएको छ । रामपुर नगरपालिका नगर कार्यपालिकाको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटनका लागि आउन लागेकाे हो ।

रामपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको निर्माण पुरा भएर सेवा शुरु भएसँगै गृहमन्त्री खाणबाट भवनको उद्घाटन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।  भवनको दिउँसो १ बजे उट्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीका अनुसार निर्माण भएको ४ तले भवन ५ करोड ७०लाख २७ हजार, ४ सय २३ रुपयाँको लागतमा निर्माण गरिएको हो ।