नेकपा एमाले रामपुर वडा न ८ काे कार्यालय उद्घाटन

बाेलीखबर   ५ चैत्र २०७८, शनिबार १५:२१

पाल्पा । नेकपा एमाले वडा न ८ ले वडा कार्यालय उद्घाटन गरेको छ । नेकपा एमाले प्रदेश कमिटी सदस्य टंकनाथ खनालको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ ।

उद्घाटन गर्दै प्रमुख अतिथि खनालले बोल्दै रामपुर नगरपालिकामा काङ्ग्रेस नेतृत्वको सरकारले देखिने काम के गर्यो भन्दै रामपुर ८ मा प्रदेश सरकारका तर्फ बाट भएका काम हरु बताउनु भएको थियो । उहाँ रामपुर भित्रका बिच प्रदेश र केन्द्र सरकार को रहेको भन्दै यहाको खानेपानी शिक्षा स्वास्थ जस्ता क्षेत्रमा एमालेको योगदान रहेको बताउनु भएको छ ।

उद्योग व्याबसायि तथा व्यापार महासंघ केन्द्रिय सदस्य राजु प्रसाद श्रेष्ठले बोल्दै नेकपा एमाले मात्र बिकास ,न्याय , समृद्धि समानताको पक्ष रहेको भन्दै आफ्नो घर अर्थात नगरपालिका अगाडिको फोहोर समेत व्यवस्थापन गर्न नसकेभन्दै स्थानीय सरकारको आलोचना गर्नु भएको छ ।उहाँ चुनाब नहुदै सर्बदलिय सम्यत्रले जग्गा प्राप्ति समेत गरि सकेको फोहोर व्यवस्थापन गर्ने ठाउँ समेत प्रयोग गर्न नसक्ने यस्तो सरकारले जनताको काम कसरि गर्छ भन्दै जनहितको काम गर्ने बिकास बादि एकमात्र पार्टी एमाले रहेको जिकिर गर्नु भएको छ ।

पेशागत तथा कानुन व्याबसायि महासंघका केन्द्रिय महासचिब शिब अर्यालले बोल्दै आगामी निर्वाचनमा को व्याक्ति भन्दा पनि सुर्य चिन्नलाइ चिताउन र समृद्ध रामपुर बनाउन आग्रह गर्नु भएको छ । नगरकमिटी सदस्य मनोज आचार्यको स्वागत बाट सुरु भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य नगर इन्चार्ज राजेन्द्र प्रसाद लम्साल र जिल्ला कमिटी सदस्य बन्दना पोखरेलले आफ्ना भनाइ राख्नु भएको थियो ।

कार्यक्रममा पेशागत तथा कानुन व्याबसायि महासंघका केन्द्रिय महासचिब अर्याललाइ वडाबासीले केन्द्रिय नेतृत्व पाएकोमा वडाको तर्फबाट सम्मान समेत गरेको छ । वडा कमिटी अध्यक्ष हरि बहादुर ज्ञवालिको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिब शिब अधिकारीले गर्नु भएको हो ।