रामपुर नेपाल राष्ट्रिय उद्योग व्यबसायी महासंघको प्रथम भेला सम्पन्न

बाेलीखबर   ५ चैत्र २०७८, शनिबार १५:३१

पाल्पा ।  ‘जिम्मेवार व्यबसाय बिकास र समृद्धिमा हाम्रो प्रतिबद्धता लगानीको सुनिश्चितता र रोजगारीको श्रीजना आजको आबश्यकता’ भन्ने नारा सहित नेपाल राष्ट्रिय उद्योग व्याबसायी महासंघको प्रथम भेला शनिबार रामपुरमा सम्पन्न भएको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले बोल्दै एमाले समाजबादको लक्ष्य बोकेर हिडेको पार्टी हो ।जसले समृद्ध नेपाल सुखी नेपालीको चाहाना पुर गर्न ३ खम्बे अर्थनिति महत्त्वपुर्ण रहेको बताउदै मुलुकको अर्थतन्त्र हाल डामाडोल भएको बताउनु भएको छ । अहिलेको सरकारले ६ जनाले चलाएको एक प्रदेशले १४/१५ जना मन्त्री बनाउने भाग बण्डामा राज्यको ढुकुटी सिद्धयाउन लागेको बताउदै एमाले बाहेक अर्को कोहि कुनै पार्टीले देशको हित काम गर्न नसक्ने बताउनु भएको छ ।

नेपाल राष्ट्रिय उद्योग व्याबसायी महासंघको जिल्ला सदस्य सुरेन्द्र आचार्यको स्वागत बाट सुरु भएको भेलामा महासंघको केन्द्रिय सदस्य एब पाल्पा जिल्ला इन्चार्ज राजु प्रसाद श्रेष्ठले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भएको छ । उहाले एमालेको भातृ संगठन भएको बन्दै व्याबसायिको हक हित र सुरक्षा अन्तरगत रहेर काम गर्ने जानकारी गराउदै नगर भेलाले नगरकमिटी गठन समेत गर्ने समेत जानकारि दिनु भएको छ नेकपा एमाले प्रदेश कमिटी सदस्य टंकनाथ खनालले बोल्दै ५ बर्षमा नगरभित्र देखिने काम केहि नभएको बताउदै बिकासका लागी एमाले चाहिने बताउनु भएको छ।

नेपाल राष्ट्रिय उद्योग व्याबसायी महासंघको स्थायि कमिटी सदस्य केशव राज पन्थीले दुई कार्यभार अहिले हाम्रो काधमा रहेको बताउदै पहिलो कार्य स्थानीय निर्वाचनमा होमिनु र आफ्नो बर्चस्व कायम गर्नु पर्ने भन्दै दोश्रो हुन गैरहेको व्याबसायि महासंघको केन्द्रिय अधिबेशन भन्दै गणतन्त्रका उपलब्धि , युवा महिला बालबालिका सबैको अधिकार सुनिश्चित गर्दै सूखी नेपाली समृद्ध नेपाल निर्माण गर्ने उदेश्य देश र संविधान रक्षाका लागी गठन गरिएको बताउदै उहाले एमाले लाइ स्थानीय निर्वाचनमा जिताउन व्यबसायहरु लाग्नु पर्ने बताउनु भएको छ । भेलामा प्रगतिशिल पेशा महासंघका महासचिव शिब अर्यालले बोल्दै परमादेशको सरकारले जनताको हितमा काम गर्न नसक्ने भन्दै आफुहरुले गरेको आन्दोलनका बिचमा अदृश्य शक्तिको कारण यो सरकार गठन हुन गएको भन्दै आफु यसको दल्दलमा फसेको प्रधानन्यायाधीशले भन्नु भएको बताउनु भएको छ । उहाँ बोल्ने क्रममा नगरपालिकाले गरेको बितण्डालाइ चिर्न आबश्यक रहेको बताउनु भएको छ ।

नेकपा एमाले रुपन्देही सचिवालय सदस्य नारायण भट्टराई , कार्यक्रमको अध्यक्षता महासंघका जिल्ला सदस्य एब नगरसम्योजक कृतिनाथ श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य एब नगर इन्चार्ज राजेन्द्र प्रसाद लम्साल, जिल्ला कमिटी सदस्य नगर सह इन्चार्ज दुर्गा देबि रानाले कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ । कार्यक्रम सागर देबकोटाको सन्चालन मा सम्पन्न भएको हो ।