
पाल्पा । नेपाल राष्ट्रिय उद्योग व्याबसाय महासंघ रामपुरको प्रथम भेलाले कृतिनाथ श्रेष्ठ नेतृत्वमा ६१ सदस्यीय रामपुर उद्योग व्याबसाय महासंघ गठन भएको छ ।
जसको उपाध्यक्षमा नारायण खनाल, दिनेश आचार्य, सचिब मनोज आचार्य, उपसचिव मल्लिका ढकाल, सहादत हुसेन, शिब देबकोटा, कोषाध्यक्ष राजकुमार मानन्धर सह कोषाध्यक्ष खेमराज गौतम रहनु भएको छ । होटल न्यु श्रीनगरमा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल रहनु भएको हो ।
कंडेलले बोल्दै व्यबसायी हक हितका लागि एमाले र समृद्धि राष्ट्र निर्माणका लागि एमाले चाहिले बताउदै अहिलेको सरकार आइसकेपछि अर्थतन्त्र इतिहासमै पहिलो बल्ट सबै भन्दा नकारात्मक भएको बताउनु भएको छ । कार्यक्रम नगर सम्योजक कृतिनाथ श्रेष्ठको अध्यक्षतामा, सुरेन्द्र आचार्यको स्वागत र सागर देबकोटाको सन्चालनमा सम्पन्न भएको हो