निस्दीमा राष्ट्रिय युवा संघ नेपाल गठन

बाेलीखबर   ७ चैत्र २०७८, सोमबार ११:०८

पाल्पा । निस्दी गाउँ पालिकामा युवा संघ गठन निस्दी गाउँ राष्ट्रिय युवा संघ नेपाल निस्दी गाउपालिकाको भेला बसेको छ । निस्दी गाउपालिकाको बहुउद्देश्यीय सभाहलमा भएको भेलामा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिब तुलबहादुर अधिकारि रहनु भएको हो ।

सचिब अधिकारिले बोल्दै पार्टीले न्याय समृद्धिको लागी लड्ने , राष्ट्रिय स्वाधीनता रक्षाका लागि युवा संघ नेपाल सधै लड्ने भन्दै उहाँले देशका युवाहरुलाइ मासु र भातमा लडाएर दक्षिणपन्थीलाइ जिताएर देशको स्वाधीनता साँस्कृति सव्यता बेच्न खोजिएको छ त्यसैले अब एमालेलाइ बोकेर राष्ट्रिय सम्प्रभुताको रक्षा गर्नु पर्नेछ ।

मुख्य पाहुना अधिकारिले कार्यक्रमको उदघाटन गर्दै संविधानले दिएको मौलिक अधिकारको सदुपयोग गर्दै सहज ढंगले जीवन यापन गर्न, आर्थिक कारणले जालझेल गरेर बेचिएका नारिहरु र अन्य तुच्छ र अमानवीय व्यवहारबाट छुटकारा दिलाउन नेकपा एमालेमा आवद्ध भएका छौ नेकपा एमाले निस्दी गाउँ कमिटी अध्यक्ष नर बहादुर सुनारी अध्यक्षको अध्यक्षता भएको भेलामा प्रदीप ज्ञवाली अध्यक्षमा ३५ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल निस्दी गाउ कमिटी गठन भएको छ ।

कमिटीको उपाध्यक्षमा प्रकाश राना,सचीव रोमन गाहा, सहसचिव जगत बाकाबल र धनमाया दिशुवा साथै कोषाध्यक्ष गिरिसरा गाहा रहनु भएको छ। नवगठित कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै मन्तव्य दिनेहरुमा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष देबिलाल लामिछाने , जिल्ला कमिटी सचिवालय सदस्य एवं निस्दी इन्चार्ज दमन सि थापा पाटा, युवा संघ जिल्ला कमिटी अध्यक्ष विष्णु आचार्य, जिल्ला कमिटी सदस्य निर्वाचन क्षेत्र न १ क सह संयोजक भुवन थापा लगायतले धारणा राख्नुभएको थियो।

निस्दी कमिटी उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ को स्वागतबाट सुरु भएको भेलाको संचालन सचिव मेख बहादुर सुनारिले गर्नुभएको हो।