
अखिल नेपाल महिला संघ १० औ जिल्ला अधिबेशन शनिबार सम्पन्न भएको छ ।
तानसेन नगरपालिका सभा हलमा भएको अधिबेशनको खुला सत्रमा नेकपा एमाले पोलिट्व्युरो सदस्य ठाकुर गैरेको प्रमुख आथित्थ्यतामा सम्पन्न भएको हो ।
प्रमुख अतिथि पोलिटव्युरो सदस्य गैरेले बोल्दै अनेमसंघले राष्ट्र निर्माण र राजनैतिक सामाजिक रुपान्तरणका लागी खेलेको भुमिकाको प्रसम्सा गर्दै सम्मान व्यक्त गर्नु भएको छ ।उहाँ जातीय बिबेद , सामाजिक बिबेद अन्यका लागी अनेमसंघले खेलेको भुमिकाको भुमिकाले सामाजिक रुपान्तरणमा सकारात्मक प्रभाव पारेको बताउनु भएको छ ।
महिला अब उपमात्र होइन प्रमुख हुने आवाज उठेकोछ यो अनेमसंघको आवाज एमालेको पनि आवाज हो भन्दै महिलालाइ प्रमुख दिनु पर्ने एमालेको , राष्ट्रको र समग्रतको आवाज हो भन्नु भएको छ ।
उहाँले अहिले एमालेले जित्नु पर्ने छ भन्दै एमाले उठेको भएको भएर जित्नु पर्ने भन्दा पनि देश तथा बिदेशी शक्तिले देशलाइ भुमरीमा पार्न खोजेकोले देशलाइ बचाउन देशको स्वाधीनता , जनजिबिकाकोले एजेन्डाले जित्नका लागी , महिला बालबालिका, अपाङ्गता एकल महिला लगाएत सर्बहारा श्रमजीवीले जित्नका लागि एमालेले जित्नु पर्ने बताउनु भएको छ । हामिले खोजेको समुन्नत समाज निर्माण गर्न देशको भुमि फिर्ता ल्याउन देशका एजेन्डाले जित्नका लागी एमाले जित्नु पर्ने बताउनु भएको छ ।
उहाले अहिले सरकारले प्रकासन हरेको १०० दिनको उपलब्धि मुलुक पुस्तकमा नेपालको चुच्चे नक्सा गाएब भएको बताउदै कांग्रेस लगएत प्रचण्ड माधबको पार्टी आहिले नेपालको राष्ट्रियतालाइ बिदेशीको पाउमा बुझाउन खोजेको आरोप लगाउनु भएको छ ।
अहिले देशको न्यायलय प्रति जनताको आशा मरेको छ देशको सुरक्षाकर्मि हरु आफै सुरक्षित छैनन महिला प्रहरीको हत्याको बिषय प्रति इन्कित गर्दै यस्तो परिस्थितिमा पनि सरकार मौन रहेको बताउनु भएको छ । यो परिस्थिति बाट बाहिर आउन शिक्षा स्वास्थ रोजगारी ,जनजिबिकाका एजेन्डाले जित्न समाजरुपान्तरण गर्न , देशले जित्न , देशको स्वाधीनताले जित्नका लागि एमालेले जित्नु पर्ने बताउनु भएको छ ।
अनेमसंघ केन्द्रिय सचिवालय सदस्य इन्दिरा गहतराज महिलाहरुले राज्यको विभिन्न परिवर्तनमा अग्रणी भुमिका निर्बाह गरेको बताउदै त्यसबाट प्राप्त उपलब्धिहरुलाइ सस्थागत गरि कानुन कार्यान्वयन गर्ने एमाले र अनेमसंघ चाहिने बताउदै अब आउदै गरेको
स्थानीय तहमा महिला पहिलो पदमा आउनु पर्ने बताउनु भएको छ ।
लुम्बिनी प्रदेश कमिटी सदस्य अशोक कुमार शाही एमाले लाइ चौतर्फी घेराउ गरिएको बेला र जसरि हुन्छ एमाले हराउने भन्दै लागीरहेको अहिलेको अबस्थामा एमालेको लाल किल्ला पाल्पा बनाउन कृयाशिल हुन आबश्यक रहेको भन्दै अहिले एमाले मा जनचाहाना बढेको बताउनु भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष धनेन्द्रराज घिमिरेले बोल्दै सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागी नेकपा एमाले भन्दै सौहाद्र पुर्ण वातावरणमा अधिबेशन सम्पन्न गर्न शुभकामना दिनु भएको छ । उहाँले जिल्लामा भएका बिभिन्न गतिविधि र जन संगठनको अहिले को अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । अहिले असफल सरकारले बढाएको महङ्गी देखेर एमालेको लहर उर्लेको बताउदै पुन सरकारमा एमाले आउने बताउनु भएको छ ।
संविधान सभा सदस्य नारायणी शर्माले संविधानमा महिलाको अधिकारका बिषयमा बोल्दै महिला माथिका हिंसा अन्त्य गर्न र सम्बिधानमा उल्लेख गरिएको बिषयलाइ कार्यान्वयन गर्न समाजलाइ न्याय सङ्गत गर्दै समाज रुपान्तरणका लागी एमाले आबश्यक रहेको बताउनु भएको छ ।महिला जनप्रतिनिधि महिलाहरुले गरेको काम सरानिय छ भन्दै सामाजिक आर्थिक रुपान्तरणका लागि आत्मनिर्भर हुनका लागी एमालेले निकै अबसर दिएको भन्दै अन्धबिश्वास चिर्दै बैज्ञानिक बिचारलाइ आत्मसात गर्न सब्य र हिंसा रहित समाज निर्माण गर्न एमाले चाहिने र सङ्गठित अनेमसंघमा लाग्न आग्रह गर्नु भएको छ ।
कार्यक्रममा अनेमसंघ केन्द्रिय सदस्य लक्ष्मि पाठक पार्टी जिल्ला सहसचिब सुनिता शर्मा, अनेमसंघ केन्द्रिय सदस्य तथा सस्थापक अध्यक्ष उर्मिला शर्मा ,पार्टी नगर उपाध्यक्ष शशि श्रेष्ठ,
लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य नारायण बहादुर जिसि
अनेमसंघ प्रदेश कमिटी सदस्य सरास्वति चिदि लगायतले आफ्ना भनाइ राख्नु भएको थियो ।
अनेमसंघ जिल्ला अध्यक्ष कासिका गैरेको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज अनेमसंघ महिला नेताहरुलाइ सम्मान गरिएको छ ।सम्मानित हुनेहरुमा संविधान सभा सदस्य नारायणी शर्मा ,उर्मिला शर्मा , लक्ष्मि पाठक , कमला भाट , सुमित्रा शाहि, बुद्ध लक्ष्मी श्रेष्ठ , काशिका गैरे, लालुमाया पोखरेल , इन्द्रा गहतराज , लक्ष्मि ज्ञवालि ,मिना ढुंगाना , मुना रायमाझी , बिमला केशि, बसन्ता ज्ञवालीलाइ सम्मान गरिएको हो ।
उपाध्यक्ष सरास्वति भट्टराईको स्वागतमा भएको कार्यक्रमको सन्चालन सचिब लक्ष्मि ज्ञवालीले गर्नु भएको हो ।



