
२८ कार्तिक २०७७, पूर्वखोला-२ जल्पामा ४७ बर्षे एक पुरुषको शव फेला परेको छ । पूर्वखोला-२ जल्पा मैदान बस्ने ४७ बर्षे केहेर सिं दर्लामीको शव जल्पा मैदानको गिजनडाँडा पहाडमा शव भेटिएको वडा न २ को वडा अध्यक्ष नीर बहादुर सारुले जनाकारी गराउनु भयो । उहाँ ९ दिन अगाडि देखि हराइरहेको र हराए लगतै खोजी कार्यभएता पनि कार्तिक २८ गते मृत अवस्थामा फेला पारेको वडा अध्यक्ष सारुले वताउनु भयो घटना स्थलमा पूर्वखोला प्रहरी पुगि सकेको छ घटनाको के कसरी घट्यो भने पुरै जानकारी भने आउन बाँकी रहेको छ ।