
रिङ्नेरह स्वास्थ्य चौकी पुर्वखोलाले गर्भवती जाँचका लागि भिडियो एक्सरे तथा जनस्वास्थ्य प्रयोगशाला सेवाको शुभारम्भ गरेको छ।
कार्यक्रममा पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले पूर्वखोला गाउपालिका स्वास्थ शाखाले नागरिकको अधारभुत आवश्यकता स्वास्थ भएकोले स्वास्थ्य क्षेत्रलाई महत्त्व दिएको बताउनु भएको छ । रिङ्नेरह स्वास्थ्य चौकी बाट प्रदेश सरकार संग समन्वय गरेर भिडियो एक्सरे सहितको सेवा सुरु गरिएको बताउदै पालिका सधै जनताको सेवा र साथमा रहेको जिकिर गर्नु भयो । थापाले प्रत्येक वडामा ल्याव सहितको स्वास्थ्य सस्था बाट दिईने अन्य सेवा हरुपनि थप्दै लैजान पहल गरिएको बताउनु भयो । भौगोलिकतालाई मध्य नजर गर्दै सामुदायिक स्वास्थ ईकाइ समेत स्थापना गरेको बताउनु भयो। कार्यक्रममा थापाले अब सदरमुकाम जाने समस्या हल भएको र नागरिकलाई सहज भएको बताउनु भएको छ ।
यो संगै गाउपालिकाको छिमेकी गाउँपालिकालाई समेत टेवा पुग्ने भएको छ। कार्यक्रममा पुर्वखोला गाउँपालिका निमित्त प्रशासकीय अधिकृत बिनोद नेपालले सेवा गुणस्तर बनाउन स्वास्थ्य संस्था र कर्मचारीको महत्वपूर्ण भुमिका रहने बताउदै सेवा बाट यस क्षेत्रका नागरिक हरुलाई टेवा पुग्ने बताउनु भयो ।
पूर्वखोला स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले भिडियो एक्सरे सेवा बैशाख महिनाबाट पूर्वखोला गाउँपालिकाको सबै स्वास्थ्य चौकी मार्फत महिनाको एक दिन सेवा दिने बताउनु भयो । अनमी रन्जिता आचार्यको स्वागतबाट सुरु भएको कार्यक्रमको सन्चालन रिङ्नेरह स्वास्थ्य चौकि प्रमुख श्रीराज आचर्यले गर्नुभएको थियो। कार्यक्रम पुर्वखोला गाउँपालिका वड नं-३ का वडा सदस्य हिरा बहादुर ढेंगाको अध्यक्षतामा चलेको हो। हाल पुर्बखोलामा ११२ जना गर्भवती महिला रहेका छन भने आज ५ जनाले सेवा लिएका छन ।
