
पाल्पा । नेकपा एमाले भातृसंगठन नेपाल युवा संघ नेपालका इन्चार्ज तथा पूर्व उद्योगमन्त्री महेश बस्नेत आज रामपुर आउने भएका छन् ।
नेकपा एमाले रामपुर नगर कमिटीको अधिवेशन तथा युवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न रामपुर आउन लागेको नेकपा एमाले रामपुरले जनाएको छ ।
भेला रामपुर श्रीनगर होटलको सभाहलमा दिनको ११ः०० बजे हुने बताएका छन् । अधिवेशन तथा युवा कार्यकर्ता भेलाले नयाँ नेतृत्व चयन गर्नेछ । नेकपा एमाले रामपुरले नगर, पालिका वडा तथा टोल कमिटीमा रहेका सम्पुर्ण युवाकर्ताहरुलाई कार्यक्रममा सहभागि हुन समेत अनुरोध गरेको छ ।