रामपुर सहकारीले ६५औं सहकारी दिवस मनायाे

बाेलीखबर   २० चैत्र २०७८, आईतवार ११:३७

पाल्पा । ‘मर्यादित व्यबसाय र प्रविधिमा सहकारी’ भन्ने नारा सहित रामपुर सहकारीले मनायो सहकारी दिवस । रामपुर बचत तथा ऋण सहकारी सस्थाले आइतबार आफै कार्यालयमा ६५औ सहकारी दिवस मनाएको हो ।

सस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठले सहकारी निति, सहकारी खोल्नुको उद्देश्यका बारेमा प्रस्ट पार्नु भएको थियो ।
संस्थाका उपाध्यक्ष नगिलाल पौडेलको स्वागतबाट सुरु भएको कार्यक्रममा संस्थाका समितिहरु, लेखा सुपरिवेक्षण समिति, बिभिन्न उपसमिति संस्थाका सेयर सदस्य, कर्मचारीहरु एबं सुभचिन्तकहरुको उपस्थितिमा भएको हो ।

संस्थाका अध्यक्ष राजुु प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिब लेखनाथ शर्मा मरासिनीले गर्नु भएको हो ।