रामपुर-चापाकोटमा निर्माणधिन पुलबाट खस्दा आठ जना घाइते, दुईको अवस्था गम्भीर

बाेलीखबर   २० चैत्र २०७८, आईतवार २३:५३

पाल्पा । रामपुर-चापाकोट जोड्ने पक्कि पुलबाट खस्दा ८ जना कामदार घाइते भएका छन । आइतबार साझ करिब ६ :३० बजे तिर पुल ठलानका लागि सामान उठाउने क्रममा घाइते भएका हुन ।

घाइते हुनेमा भारत घर भइ हाल रामपुर-चापाकोट जोड्ने सोमरा प्याक्लुकमा काम गर्ने ४ जना अनुप कुराहु बर्ष २५ , सुधीर कुमार यादब बर्ष १९ , रघुनाथ राहु बर्ष ३९का रहेका छन भने बार जिला सिम्रनगर वडा न ३ का जितेन्द्र पटेल बर्ष २८ ,सोहि ठाउ घर भएका प्रेम चन्द्र पटेल बर्ष २४, गोर्खा जिल्लाका श्रीजन परियार बर्ष २३ रहेको प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रामपुरका अनुसार निर्माणधिन पाल्पा रामपुर-दामाचौर जोडने पक्की पुल निर्माणको क्रममा क्रेनले फलामको बिम माथि उचाली कामदारहरुलाई उक्त बिम जोड्ने काम गरिरहेको अवस्थामा अचानक विमसहित कामदारहरु खस्न जाँदा उनीहरु घाइते भएका हुन् । 

घाइते सबैलाई थप उपचारको लागि  लुम्बिनी मेडिकल कलेज प्रभास, पठाएको प्रहरीले जनाएको छ । घाइतेमध्ये बारा बस्ने २२ वर्षीय राम निवास कुमार पटेल, भारत बिहार बस्ने २५ वर्षीय धनन्जय ठाकुरको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएकाे छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ