
पाल्पा । रामपुर नगरपालिका ४ बाङ्गेपसलमा पार्किङ्ग गरेर राखिएको ट्याक्टरमा गएराती आगलागी भएको छ । पार्किङ्गमा राखिएको लु ४ त ४७१८ नं. को ट्याक्टरमा आगलागी भएको हो ।
राती साढे २ बजेको समयमा ठूलो आवाजमा टायर पड्कीएको आवाज आए पछि ट्याक्टर धनी महेश श्रेष्ठले हेर्दा टायर र हुट जलिरहेको थियो । स्थानीयको सहयोगमा आगो राती नै नियन्त्रणमा आएको छ । आगलागी बाट इन्जिन सहित दायाँ तर्फको टायर र हुतमा क्षति पुगेको छ ।
ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले घटनाको विषयमा थप अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।