रामपुरमा जिप दुर्घटना ४ जना घाइते

बोलीखबर   २७ चैत्र २०७८, आईतवार १९:०६

पाल्पा । रामपुर नगरपालिका २ बटरामा जिप दुर्घटना भएको छ । भलायटार बाट स्याउली बजार तर्फ गैरहेक‍ो लु १ ग ५७०९ नं. को जिप खैरेनी बटरामा दुर्घटना भएको हो ।

जिपमा सवार २ जना यात्रु, चालक र सहचालक सहित ४ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । जिप कालीगण्डकी करिडोर बाट झण्डै सय मिटर तल खसेको छ । उनीहरुलाई थप उपचारको लागि रामपुर अस्पताल पठाईएको छ । घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको छ ।