
पाल्पा । स्थानीय निर्वाचन २०७९ को लागि नेकपा एमाले निस्दी,पाल्पाले वडाध्यक्षको उम्मेदवार छनौट गरेको छ ।
आगामी बैशाख ३० गते शुक्रबार देशभर सन्चालन हुने स्थानीय निर्वाचनको लागि वडाध्यक्षमा वडा नम्बर-१,बाकामलाङ्गबाट यम बहादुर राना,वडा नम्बर-२,सहलकोटबाट फत्ते सिं दर्लामी,वडा नम्बर-३, झिरुबासबाट नविन्द्र थापा (सोती) र वडा नम्बर-४,मित्यालबाट सन्तबिर सुनारीको नेतृत्वमा वडा समितिको लागि प्रस्तावित उम्मेदवारहरु सिफारिस गरिएको छ ।
यसैगरी वडा नम्बर-५,गल्धामा दुर्गा बहादुर सोमै, वडा नम्बर-६,अर्चलेमा मेख बहादुर सुनारी र वडा नम्बर-७,ज्यामिरेमा मुक्त बहादुर पाटा (मिझार) को नेतृत्वमा उमेदवार छनौट गरिएको नेकपा (एमाले) निस्दी गाउँ कमिटी सचिब मेख बहादुर सुनारीले बताउनुभयो । यस पटकको निर्वाचनमा वडा नम्बर-६,अर्चलेका मेख बहादुर सुनारी बाहेक वडाध्यक्षमा नयाँ अनुहारका देखिएका छन् भने वडा सदस्यहरुमा समेत यसको प्रभाव देखिएको छ ।
यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा समेत धेरै जनाको आकांक्षा देखिएको छ । जसमा वर्तमान अध्यक्ष मुक्त बहादुर सारु जिल्ला कमिटी उपाध्यक्ष देवीलाल लामीछाने, जिल्ला कमिटी सदस्यहरु हेम बहादुर खाम्चा, भुवन थापा सोती, दमन सिं पाटा र जिल्ला कमिटी सदस्य तथा लोक गायक हुम गैरे समेत गरि ५ जना रहनुभएको छ । उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष रीता कुमारी अर्याल समेतले पुनः दाबी दोहोर्याउनु भएको छ । यस पदका लागि जिल्ला समन्वय समिति पाल्पाका सदस्य खरगती राना,अखिल नेपाल महिला संघ निस्दीका अध्यक्ष तिरन कुमारी श्रेष्ठ,लिमी सरा राना र प्रीतम आले समेत रहनुभएको छ ।
सोमबार बसेको गाउँ कमिटीको बैठकमा प्रस्तावित गरेका नामहरु बारे आगामी बैठकमा सर्वसम्मत सिफारिस गरिने उक्त पार्टीले जनाएको छ । जम्मा ७ वटा वडा रहेको निस्दी गाउँपालिकामा यस अघि २०७४ मा भएको स्थानीय तहको चुनावमा वडा नम्बर-१,बाकामलाङ्ग र वडा नम्बर-७,ज्यामिरेमा नेपाली कांग्रेस र बाकी वडाहरुमा नेकपा (एमाले) का उम्मेदवारहरु बिजयी भएका थिए ।