एमाले रामपुर नगर कमिटिको बैठक सम्पन्न

बोलीखबर   २९ चैत्र २०७८, मंगलवार २०:३१

रामपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) रामपुर नगरकमिटिको पाचौ पुर्ण बैठक सम्पन्न भएको छ । राम्चे सामुदायिक बनको हलमा भएको भएको बैठकको प्रमुख अतिथि पोलिटव्युरो सदस्य लुम्बिनी प्रदेश सह इन्चार्ज दलबहादुर रानाले बोल्दै राष्ट्रियता, स्वाधीनता , बिकास र समृद्धिका लागी एमालेलाइ जिताउनु पर्ने बताउनु भएको छ।

नगर कमिटी उपाध्यक्ष तोयानाथ सारुको स्वागत बाट सुरु भएको बैठकमा बिभिन्न बिषयमा छलफल भएको छ । मंगलबार बसेको बैठकले रामपुर नगर कमिटी अध्यक्ष बिष्णु प्रसाद रेग्मिको सम्योजकत्वमा १हजार५१ सदस्यीय प्रचार प्रसार समिति गठन गर्ने भएको छ । प्रचार प्रसार समितिमा पार्टी केन्द्र प्रदेश जिल्ला, क्षेत्र ,नगर कमिटी , वडा कमिटी , टोल कमिटी सबै रहने निर्णय गरिएको छ ।
प्रदेश कमिटी सदस्य एब प्रदेश सभा सदस्य युबराज खनालको सम्योजकत्वमा प्रतिबद्धता पत्र तयार गर्ने निर्णय गरिएको छ । स्थानीय निर्वाचन मापदण्ड सिफारिस तथा निर्णय सम्बन्धमा छलफल गरियो। त्यसै गरि जिल्ला कमिटी सदस्य बन्दना पोखरेलको सम्योजकत्वमा प्रचार प्रसार डेक्स गठन गरियो ।जन गायक बद्री पङ्गेनिको सम्योजकत्वमा सास्कृतिक टिम गठन गरिएको छ । युवा संघ नेपालका जिल्ला अध्यक्ष बिष्णु प्रसाद आचार्यको सम्योजकत्वमा १ हजार १ सदस्यीय स्वयंसेवक परिचालन कमिटी गठन गर्ने निर्णय गरिएको छ ।
आर्थिक व्यबस्थापन गर्न नगर कमिटी सचिवालय सदस्यहरुको नेतृत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरि सम्पुर्ण पार्टी सदस्यबाट १०० उठाउने निर्णय गरियो । पार्टी स्थापना दिवस बैशाख ९ गते मनाउने निर्णय भएको छ ।साथै रामपुर नगरपालिका मा भारीमतका साथ बिजयी गराउने गरि लाग्ने र गराउने निर्णय गरियो ।

बैठकमा लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, प्रदेश सदस्यहरु टंकनाथ खनाल ,युबराज खनाल, बुद्धिराज गौतम ,मित्रलाल गौतम ,मित्रलाल कंडेल , राजु प्रसाद श्रेष्ठ , जिल्ला कमिटी सदस्यहरु, नगरकमिटि पदाधिकारी , सदस्यहरु वडाका अध्यक्षहरु को उपस्थितिमा बैठक सम्पन्न भएको हो । बैठकको अध्यक्षता नगरकमिटि अध्यक्ष बिष्णु प्रसाद रेग्मीको अध्यक्षतामा र सचिब कृतिनाथ श्रेष्ठको सन्चालनमा सम्पन्न भएको छ ।
बैठकमा नगरका लागी मेयर र उपमेयरको आकन्क्षिको नाम सङ्कलन गरिएको छ ।रामपुर नगरपालिकाका लागी ६ जना मेयर र ७ जना उपमेयरको आकान्क्षि रहेको स्रोतले जनाएको छ ।