
रामपुर । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बार्षिक साधारण सभामा प्रदेश सभा सदस्य युबराज खनालले दुई टंकी थप्नु पर्ने भएको यहाँहरुको माग अनुसार प्रदेशबाट बजेट व्यवस्थापन गरिएको बताउनु भएको छ ।
प्रमुख अतिथि समेत रहनु भएका खनाले रामपुर १० मा खानेपानी २ न, ३ न, र ४ न खानेपानी आफ्नो पहलमा परेको भन्दै सर्बे सम्पन्न भैसकेकोछ बताउनु भएको छ । उहाँले एक घर एक धारा स्थानीय सरकारले माथिल्लो सरकारसंग सहकार्य गर्नुपर्ने देखिन्छ । स्थानीय सरकारले ५ बर्षमा देखिने काम गर्न नसकेको बताउनु भएकोछ ।
साधारण सभामा अध्यक्ष राजु प्रसाद श्रेष्ठले प्रतिबेदन प्रस्तुत गर्दै संस्थाको इतिहास र बर्तमान सम्मको अबस्था र अबको योजना बताउदै खानेपानी महसुल केहि घटाउने प्रस्ताब गर्नु भएको छ ।
संस्थाको कोषाध्यक्ष बिष्णुमाया ढकालले ५ करोड ४६ लाख ६३ हजार ४७ रुपैया ३९ पैसा बराबरको कारोबार रहेको प्रतिबेदन प्रस्तुत गर्नु भएको छ ।
बि.स.२०६७ मङ्सिर ५ गते साना शहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत आयोजना व्यबस्थापन कार्य आयोजना संचालन गर्न छनौटमा परेपछि सुरु गरिएको आयोजनाले रामपुर नगरपालिका वडा न ४ को केहि भाग, ५, ६ सबै र ७ को केहि भागका वडाका बासिन्दा लाभान्वित भएका छन । पाँच ठाउँमा भुमिगत श्रोत डिपबोरिङ गरि संचालनमा रहेको खानेपानी आयोजनाले ३ हजार ७ सय ३० घरधुरी लाभान्वित भएका छन् ।
संस्थाका उपाध्यक्ष हजुलदिन मियाको स्वागतबाट सुरु भएको कार्यक्रममा नेपाली काँग्रेस नगर अध्यक्ष नेत्र प्रसाद भट्टराई, नेकपा एमाले नगर अध्यक्ष बिष्णु प्रसाद रेग्मी, राष्ट्रिय जनमोर्चा नेपाल जिल्ला सदस्य हरि प्रसाद गैरे, सस्थाका पुर्ब उपाध्यक्ष हुमनाथ न्यौपाने, संस्थाका पुर्ब अध्यक्ष कमल राज भट्टराई, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठ, रामपुर पर्यटन बिकास समितिका अध्यक्ष श्यामकान्त खनाल, उपभोक्ताको तर्फबाट राजेन्द्र प्रसाद लम्साल, ज्ञानेन्द्र प्रसाद गैरेले आफ्नो शुभकामना व्यक्त गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा र सचिव शालिकराम सिग्देलको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा धन्यवाद टेक बहादुर बिक गर्नु भएको हो ।