रोटरी क्लब रामपुरको पुस्तक बिमोचन तथा शुभकामना आदान प्रदान

बोली खबर   २ बैशाख २०७९, शुक्रबार ०५:१०

रोटरी क्लब अफ रामपुरको शुभकामना आदानप्रदान कार्यक्रम तथा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ । “स्वार्थ भन्दा माथि सेवा भन्ने भाव” ले सुरु गरिएको रोटरी क्लबले होटल न्यु श्रीनगरमा नयाँ बर्षको उपलक्ष्यमा एक कार्यक्रम गरिएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य युबराज खनाल प्रमुख अतिथि रहनु भएको हो । प्रमुख अतिथि प्रदेश सभा सदस्य खनालले पुस्तक बिमोचन गर्दै एक बर्षमै धेरै काम गरेकोमा शुभकामना दिनु भएको छ ।नया बर्षको शुभकामना दिदै समाजको बिकास प्रगतिका लागी नै यस्ता क्लब खोलिएको, व्याबसायिक क्षेत्र ,सामाजिक तथा बौद्धिक समुदाय मार्फत सन्चालन गरिएको क्लबको उदेश्य अनुसार काम गर्दै सामाजिक सेवा मुखि , आबश्यता परेका व्याक्तिहरुलाइ सहयोग गर्ने सस्थाका रुपमा अगाडि बढोस् , सामाजिक क्षेत्रमा अझ प्रगति होस भन्दै शुभकामना दिनु भएको छ ।

रोटरीएन प्रथम आम बिनोद श्रेष्ठले कार्यक्रम सन्चालन गर्न अनुमति दिनु हुदै ,क्लबका प्रेसिडेन्ट रोटरिएन सागर प्रसाद देबकोटाको स्वागत बाट कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा रोटरीको २०२१/०२२ को बर्ष पुस्तक बिमोचन भएको छ ।बर्ष पुस्तकका बिषयमा प्रकासन समिति संयोजक बाबुराम श्रेष्ठले पुस्तकका बारेमा प्रकाश पार्नु भएको थियो ।
स्थापना को एक बर्षमा नै धेरै काम गरेको बताउनु भएको छ ।उहाँले कोभिडका बेला विभिन्न ठाउँमा स्वस्थ सामाग्री बितरण, विद्यालयमा शैक्षिक सामाग्री न्यानो कपडा हस्तान्तरण, ठाँउठाउँमा सचेतना मुलक होडिङ्गबोर्ड राखिएको जानकारी गराउनु भएको छ ।

शुभकामना दिनेहरुमा रोटरीएन दुर्गा देबि राना, प्रेसिडेन्ट इलेक्टेड नोमिनि रुद्र नारायण श्रेष्ठ, रोटरिएन कृष्ण प्रसाद अर्याल ,
रोटरी क्लबका सदस्य गोबिन्द देबकोटा, प्रेस चौतारी नेपालका उपाध्यक्ष बन्दना पोखरेल , रोटरिएन बिन्दु श्रेष्ठ लगायतले आफ्नो भनाइ राख्नु भएको थियो । क्लबका प्रेसिडेन्ट राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा र सेक्रेटरी सुर्य प्रसाद घिमिरेको सन्चालनमा कार्यक्रम सम्पन्न  भएको हो ।