रामपुर आवासीयले सुरु गर्‍यो यातायात सेवा

बोली खबर   २ बैशाख २०७९, शुक्रबार ०५:२८

नयाँ बर्ष २०७९ को पावन अवसरमा रामपुर अङ्ग्रेजी आवासीय बोर्डिङ स्कुल रामपुर पाल्पाले शुभकामना आदानप्रदान सहित नयाँ बस सेवा सुरु गरेको छ ।

बिद्यार्थि लाई यातायात सेवा उपलब्ध गराउने उद्देश्यले बस सेवाको बैशाख १ गते बिहीवारका दिन सुरु गरिएको हो । विद्यालयका सस्थापक अध्यक्ष राजु प्रसाद श्रेष्ठले बिधिवत उद्घघाटन गरि सेवा सुरु गरिएको छ ।
विद्यालय ब्यबस्थापन समिती अध्यक्ष बिष्णु प्रसाद रेग्मिको अध्यक्षतामा भयको कार्यक्रममा सदस्य गोबिन्द प्रसाद देवकोटाको स्वागत ,तथा उपस्थित सबैले एक अर्का बिच शुभकामना प्रकट गर्दै २०७९ साल शुख मय होस भन्ने कामना गर्नु भएको छ । शुभकामना आदान प्रदान कार्यक्रम सन्चालन ब्यबस्थापन निर्देशक सुर्य प्रसाद घिमिरेले गर्नु भयको हो । पुर्बी पाल्पामा पहिलो आवाशिय विद्यालयले शैक्षिक आकर्षण र मागलाइ ध्यानमा राखी यसै बर्ष देखि छुट्टै ब्यबस्थापनमा मन्टेस्वरि कक्षा र बस सेवा थप गरेको हो ।