रामपुर उद्योग बाणिज्य संघले गर्‍यो शुभकामना आदानप्रदान कार्यक्रम

बोली खबर   ३ बैशाख २०७९, शनिबार ०५:०५

रामपुर उद्योग बाणिज्य संघले नव वर्षको पावन अवसरमा शुभकामना आदानप्रदान तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेकोछ । रामपुर उद्योग बाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले संघको तेस्रो अधिबेशनको अवसरमा निवाचित कार्यसमितिको पहिलो बैठकले मनोनीत २१ जना विभिन्न उपसमिति संयोग र २७जना आमन्त्रित सदस्यहरुलाइ पद तथा गोपनियताको सपथ खुवाउनु भएको छ । नयाँ बर्ष र सफल कार्यकालको शुभकामना दिनुभयको छ ।

वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठको स्वागत बाट सुरु भयको कार्यक्रममा विभिन्न समिति संयोग , आमन्त्रित सदस्य सहभागीले सपथ लिदै पालैपालो शुभकामना आदानप्रदान गरिएको कार्यक्रममा उद्योग उपाध्यक्ष बिष्णु बहादुर सारु, सल्लाहकार लेखनाथ शर्मा मरासिनी , प्रेस संयोजक बासुदेव ढकालले शुभकामना सहित प्रतिबद्धता मन्तब्य राख्नु भयको थियो ।

कार्यक्रमको सन्चालन संघका महासचिव पुर्शोत्तम केशिले गर्नु भएको छ ।सोही अवसरमा संघ का सदस्य नारायण प्रसाद रेग्मिले भवन निर्माण को लागि एकलाख एक हजार नगद सहयोग गर्ने घोषण गर्नु भएको छ ।
कोषाध्यक्ष राजेन्द्र प्रसाद देवकोटाले आर्थिक प्रतिवेदन सुनाउनु भएको थियो ।