जुठापौवा बस दुर्घटना चालक सहित २ को मृत्यु, ४ जना घाईते

बाेलीखबर   ३ बैशाख २०७९, शनिबार ११:२०

पाल्पा । रैनादेवी छहरा गाउँपालिका–६, जुठापौवा पाल्पामा बस दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ । पानी डाँडाबाट जुठापौवा तर्फ जाँदै गरेको ग १ ख ४९०२ नं. को बस शुक्रबार अपरान्ह धारापानी भित्री कच्ची सडक खण्डमा बस दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा  रैनादेवी छहरा–६, धारापानीका ४२ वर्षका बेदबहादुर जिसी र सोही स्थानका होम बहादुर रासकोटीको छोरा ७ वर्षिय आकाश रासकोटीको निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अन्य घाईते हुनेहरुमा रैनादेवी छहरा ६ का मिना घर्तीको छोरा ७ वर्षिय रोहीत घर्ती, कान्त बहादुर बगालेको छोरा ८ वर्षिय मिलन बगाले, बेग बहादुर बगालेको छोरा ८ वर्षिय रोमन घर्ती, पार्वती घर्तीको छोरा अन्दाजी ९ वर्षिय खिम बहादुर घर्ती रहेको प्रहरीले जनाएको छ । घाईते सबैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पा जनाएकाे छ ।