
पाल्पा । रामपुर नगरपालिका-५, बेझाँड खेतमा स्कुटरको ठक्करबाट ५ वर्षिय बालिका गम्भीर घाईते भएकी छन् । किसानबारी बजारबाट बेझाँड बजार तर्फ गैरहेको लु ५७ प ४८७४ नम्बरको स्कुटरले ठक्कर दिदाँ पूर्वखोला गाउँपालिका १ सिलुवा घर भई हाल रामपुर बस्दै आउनु भएको उम माया बयम्बुको छोरी ५ वर्षिय उर्वसी बयम्बु घाईते भएको हो ।
बेझाँड खेतमा रहेको फन पार्कमा जाने क्रममा सडक छेउमा आमा संगै रहेकी उर्वसीलाई अपरान्ह करिब साढे ४ बजे ठक्कर दिएकाे थियाे । ठक्कर दिने स्कुटर चालक निस्दी ५ गल्धाका हिमाल बाह्रघरे पनि सामान्य घाईते भएका छन् । चालक र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रामपुरका जनाएको छ ।
बालिकालाई उपचारको लागि रामपुर अस्पताल लगिएको छ । घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।