वालिङमा जीप दुर्घटना, चार जनाकाे मृत्यु (थप विवरण आउन बाँकी)

बाेलीखबर   ४ बैशाख २०७९, आईतवार ११:५८

स्याङ्जा । स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका १२ डाँडाखर्कबाट थुपपोखरा आउदैँ गरेको ग १ ज ७३९९ नम्बरको जीप आज बिहान अन्दाजी १० बजे दुर्घटना भएकाे हाे । दुर्घटनामा परी  चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ ।

जीप सडकदेखि अन्दाजी दुई सय मिटर तल खसेको र प्रहरी घटनास्थलमा खटिरहेको हुँदा विस्तृत विवरण आउने केही समय लाग्ने प्रहरीले जनाएकाे छ । केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ ।