वालिङमा जीप दुर्घटना अपडेटः पाँचको मृत्यु, ६ जना घाइते (नामावली सहित)

बाेलीखबर   ४ बैशाख २०७९, आईतवार १३:४८

स्याङ्जा । स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा वालिङ नगरपालिका १२ बस्ने ६५ वर्षीय बीर बहादुर डाला, ६५ वर्षीय कुल कुमारी कनौज, ४५ वर्षीय हिरा डाला, २५ वर्षीय शर्मिला सारु, ६-७ महिनाको नाम नखुलेको बालक रहेका छन्  । २५ वर्षीय शर्मिला सारु र ६-७ महिनाको बालक नाताले आमा छोरा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ ।

त्यसैगरी जीप दुर्घटनामा परी घाइते हुनेमा वालिङ नगरपालिका १२ बस्ने ६५ वर्षीय अङ्ग बहादुर डाला, ५५ वर्षीय माया कुमारी सारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीय नविना सारु, वर्षीय १९ की लक्ष्मी डाला र सवारी चालक ६० वर्षीय दल बहादुर थापा रहेका प्रहरीले जनाएकाे छ ।

वालिङ नगरपालिका १२ डाँडाखर्कबाट थुपपोखरा आउदैँ गरेको ग १ ज ७३९९ नम्बर जीप आज बिहान अन्दाजी १० बजे दुर्घटना हुँदा जीपमा दुर्घटना भएको थियो । घाइते सबै गण्डकी मेडिकल कलेज पोखरा रिपर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

तस्बिरः सामाजिक संजालबाट