नेवा:समाज रामपुरले बेल बिबाह सम्बन्धि पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

बाेलीखबर   ४ बैशाख २०७९, आईतवार १६:१७

पाल्पा । रामपुर नेवा:समाज रामपुरले बेल बिबाह सम्बन्धि जानकारी गराउन पत्रकार भेटघाट कार्यक्रम गरिएको छ । संस्थाका कोषाध्यक्ष राजकुमार श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रममा ८ गते देखि १० गते सम्म हुन गइरहेको बेल बिबाहका कार्यक्रमको बिषयमा जानकारी गराइएको  छ ।

कार्यक्रमको बिषयमा जानकारी समाजका अध्यक्ष बाबुराम श्रेष्ठले गराउनु हुदै गत बर्षहरुमा  २०६२, ०६७ र ०७२ सालमा पनि बेल बिबाह कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ ।उहाँ उदेश्य माथि प्रकाश पार्दै आफ्नो संस्कृतिलाइ माथि उठाउन  आफ्नो चिनारी जगाउनका लागि कला र संस्कारका लागी यस्ता कार्यक्रम गर्दै आइरहेको जानकारी गराउनु भएको छ । यहि बैशाख ८ देखि १० गते सम्म हुने कन्या हरुको  बेल बिबाह र कुमारहरुलाइ बटुक ब्रतबन्ध गराउने कार्यक्रम  गरिने भएको  ।

कार्यक्रममा १५० जना बेल बिबाहका लागी कन्याहरु आउने  र २०जना कुमार बटुक ब्रतबन्धका लागी आउने अनुमानित गरिएको छ । यो कार्यक्रम सफल पार्न बिभिन्न उपसमिति गठन गरिएको आयोजकले जानकारी गराइएको थियो । जसमा पुजा व्यवस्थापन उपसमितिमा  सुकमाया श्रेष्ठ, खानपान उप समिति बिनोद श्रेष्ठ , प्रचार प्रसार प्रेम प्रकास श्रेष्ठ , अतिथि सत्कार उपसमितिमा रुद्र नारायण श्रेष्ठ , स्वयंसेवक तथा सुरक्षा उपसमिति लागी सुनिल श्रेष्ठ , आर्थिक व्यबस्थापन समिति सम्योजक राजकुमार श्रेष्ठ ,पानी व्यबस्थापन चन्द्र कुमार श्रेष्ठ, मञ्च व्याबस्थापन सम्योजक श्यामकुमार श्रेष्ठ , भिडियो तथा कार्ड व्यवस्थापन आशोक श्रेष्ठ, कपडा व्यवस्थापन सम्योजक रितुमान श्रेष्ठ, होटल व्यबस्थापन पुन नारायण श्रेष्ठ, पुजा व्यवस्थापन सम्योजक नन्दलाल श्रेष्ठ रहेको उपसमिति गठन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भएको हो ।

सस्थामा १३७ घर परिवार रहेको रामपुर नेवाः समाजका सबै मिलेर कार्यक्रम सम्पन्न गर्ने बताउनु भएको छ । अनुमानित खर्च १५ लाख रहेको अध्यक्ष श्रेष्ठले जानकारी गराउदै बेलबिबाहमा आउने  कन्याहरुबाट र बटुक कुमार बाट केहि रकम सेवा सुबिधा लिने  जनाइएको छ भने आर्थिक अभावका कारण कोहि पनि बेल बिबाह र बटुक बन्न बाट टाढा हुन नपर्ने समेत जानकारी गराइएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा समाजका सल्लाहकार राजु प्रसाद श्रेष्ठले बोल्दै समाज र सामाजिक उत्तर दायित्वका लागी आफ्नो कला सस्कृति सस्कार संरक्षण गर्नका लागी यो कार्यक्रम आयोजना गरिएकोमा धन्यवाद दिदै नेवार हरु काठमाडौ उपत्यकामा मात्र छन र भन्ने भ्रम चिर्न साथै सामुहिक भावनाको बिकास गर्न आफ्नो अस्तित्व कला र परम्परा जोगाउन सामुहिक बेल बिबाह गर्न लागिएको  बताउनु भएको छ ।

बेलबिबाहका लागि काठमाडौबाट ३ जना पुरोहित बोलाइएको छ ।जसमा मुल पुरोहित १ जना र २ जना महिला सहयोगी पुरोहितहरु आउने बताउनु भएको छ । कार्यक्रमको सन्चालन सचिब बिमल श्रेष्ठले गर्नु भएको  हो ।

आइतबार बिहान कार्यक्रमहुने स्थान बेझाड नहर अफिस बगैंचा सरसफाइ समेत गरिएको सदस्य अशोक श्रेष्ठले जानकारी गराउनु भएको छ ।