रामपुरमा मोटरसाईकल ठोक्किदा ३ घाईते

बाेली खबर   २ मंसिर २०७७, मंगलवार १४:३१

पाल्पा, रामपुर नगरपालिका ५ तल्लो बेझाँड चोकमा मंगलबार मोटरसाईकल ठोक्किदा ३ जना घाईते भएका छन् । बेझाँड चोक बाट गइरहेकाे लु २२ प ४०२६ को मोटरसाईकल र मटेरी जाने बाटो बाट गइरहेकाे प ०२।०१९ प ३०९४ को मोटरसाईकल एक आपसमा ठोक्कीदा मोटरसाईकलमा सवार ३ जना घाईते भएका हुन् । घाईते हुनेहरुमा रामपुर ५ बस्ने १७ विवस विश्वकर्मा रामपुर ३ का ३४ वर्षिय सुर्य मल्ल र गोविन्द सापकोटा रहेका छन् । उनीहरुलाई स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।