राष्ट्रिय युवा संघ नेपाल, रामपुर नगर कमिटी गठन

बाेलीखबर   ५ बैशाख २०७९, सोमबार १५:२४

पाल्पा । राष्ट्रिय युवा संघ नेपाल, रामपुर नगर कमिटी गठन भएको छ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको गत चैत्र १९ गतेको बृहत भेलाबाट तय गरिएको राष्ट्रिय युवा संघ नेपालको अधिबेशनबाट अध्यक्ष सहितको कमिटीले पुर्णता पाएको हो ।

राष्ट्रिय युवा संघ नेपाल पाल्पा जिल्ला अध्यक्ष बिस्णु आचार्यको अध्यक्षता र नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष बिस्णु प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

जसअन्तर्गत अध्यक्षमा मोहन श्रेष्ठ, उपाध्यक्ष रोहित श्रेष्ठ, सचिब सुर्य ज्वती खाँड र सह–सचिव अजय भट्टराई सहित ५१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटी चएन भएको छ ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य सागर देबकोटाको स्वागत मन्तव्यबाट सुरु भएको राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटी चयन कार्यक्रममा लुम्बिनी प्रदेश सांसद माननिय युबराज खनाल, जिल्ला कमिटी सदस्य तथा रामपुर नगर सह–इन्चार्ज दुर्गा देबि राना, प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन केन्द्रिय उपमहासचिव तथा काठमाडौ उपत्यका इन्चार्ज शिव अर्याल, नेकपा एमाले नगर सचिव किर्तिनाथ श्रेष्ठ, पाल्पा काठमाडौ सम्पर्क मञ्चका सदस्य सुरज मल्ल लगाएतले नबगठित कमिटीलाई बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संचालन राष्ट्रिय युवा संघ नेपाल पाल्पा जिल्ला कमिटी सचिवालय सदस्य हरि ज्ञवालीले गर्नुभएको थियो ।