
पाल्पा । बैशाख ३० गते हुने असन्न स्थानीन तहकाे निर्वाचनका लागि निस्दी गाउँपालिका पाल्पामा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको छ । स्थानीय निर्वाचनलाई लक्षित गर्दै कार्यालय उद्घाटन गरेको हो ।
निर्वाचन अधिकृत दुर्गा प्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचन आचारसंहिता तथा निर्वाचन प्रक्रिया सम्बन्धि जानकारी गराउनुभएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुख , उप अनुसन्धान निर्देशकको सहभागिता रहेको थियो ।
निस्दी गाउँपालिकाको केन्द्र मित्यालमा भएको कार्यक्रममा पालिका स्थित राजनैतिक दलका प्रमुख, जनप्रतिनिधि तथा कर्मचारीको समेत उपस्थिति रहेको थियो ।