रामपुरमा सामुहिक बेल बिबाह सुरु

बोली खवर   ८ बैशाख २०७९, बिहीबार २०:४९

पाल्पा, पाल्पाको रामपुरमा सामुहिक तीन दिने ईहि यज्ञ (बेल विवाह) तथा व्रतबन्ध सुरु भएको छ । नेवाः समाज रामपुर पाल्पाको आयोजनामा कन्या (कुमारी) हरुको ईहि र बटुक (कुमार)हरुको व्रतबन्ध नेवारी संस्कृति र परम्परा अनुसार यज्ञ सुरु भएको हो ।

बिहीवार देखि १० गते शनिबार सम्म सञ्चालन हुने यज्ञको विहिबार विधिवत रुपमा शुभारम्भ गरिएको हो । यज्ञको तीन कन्या र लुम्बिनी प्रदेशका सांसद युवराज खनालले दिप प्रज्वलन गरी शुभारम्भ गरेका थिए । प्रदेश सांसद खनालले हाम्रो मुलुक धर्म र संस्कृतिमा विविधता रहेको भन्दै आआफ्नो संस्कृति जोगाउनका लागि एकताको आवश्यक रहेको बताउनुभयो । मुलुकको विकास, सामाजिक र राजनितिक परिवर्तनको लागि नेवार समुदायले महत्वपूर्ण भुमिका खेलेको बताउँदै उहाँ शहिद गङ्गालाल श्रेष्ठलाइ स्मरण गनु हुदै संस्कृतिको प्रवद्र्धनमा जुट्न आग्रह गर्नुभयो ।

नेवा समाज रामपुरका प्रमुख सल्लाहाकार राजु प्रसाद श्रेष्ठले विश्व भर द्वन्द्ध र अशान्ति रहेको अवस्थामा धर्म र संस्कार प्रति आस्था बढ्दै गएको बताउनुभयो । धर्मले आत्मसम्मान र अनुशासित बनाउने स्मरण गर्दै नेवा: समाज रामपुरले संस्कृतिलाई उजागर गर्नका लागि कार्यक्रम गर्दै आएको उल्लेख गर्नुभयो ।

मुल पुरोहित राजन राज उपाध्यायले ईहि यज्ञ र व्रतबन्धको महत्व र धार्मिक मान्यताको बारेमा जानकारी दिदै भगवान नारायण, सुगन्ध कुमारको प्रतिक बेलमा टाँसेर कन्याहरुलाई सुगन्ध कुमारी मानेर बेल संग विवाह गर्ने प्रचलन सुरु भएको बताउनु हुदै कहिल्यै नाश नहुने भगवान नारायण संग बेल विवाह गर्नाले कन्याले सधैं सिंन्दुर लगाउन पाउने बताउनुभयो । परम्परालाई बलियो संग सञ्चालन गर्ने सम्प्रदाय नेवार समुदाय रहेको बताउनुभयो ।
नेवा ः समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले नेवार समुदाय आफैमा संस्कृतिको धनी रहेको भन्दै यस अघि पनि ३ पटक ईहि यज्ञ सम्पन्न गरिसकेको जानकारी दिनुभयो । संस्कृतिको पहिचान संगै निरन्तरताको लागि कार्यक्रम गरिएको बताउनुभयो । पृथ्वी टेलिभिजनका व्यवस्थापक कृष्ण पौडेलले शुभकामना दिनु भएको थियो ।

न्ईयाचा समुह रामपुरका सचिव विन्दु श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रम बेझाँड नहर अफिस बगैचामा भएको यज्ञ अन्तर्गत विहिबार २० जना बुटकहरुको व्रतबन्ध गरिएको नेवा : समाज रामपुरले जनाएको छ । त्यस्तै यज्ञमा गण्डकी बेशी क्षेत्रका १ सय २५ जना भन्दा बढी कन्याहरुको बेल विवाह हुँदैछ । नेवा : समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतामा भएको उट्घाटन कार्यक्रम नेवा : समाज रामपुरका सचिव विमल श्रेष्ठको सञ्चालनमा भएको हो ।

३ दिन सम्म हुने यज्ञ अन्तर्गत विहिबार बटुकहरुको व्रतबन्ध भएको छ । शुक्रबार र शनिबार कन्याहरुको ईहि हुनेछ । नेवारी परम्परा अनुसार बेल विवाह गरे पछि कन्याहरुले सिन्दुर लगाउन पाउने छ । साथै बेल संग विवाह गरेको कन्याले भविष्यमा गएर श्रीमान गुमाए पनि सिन्दुर र रातो बस्त्र लगाउन पाउँछन् । ईहिमा कन्याहरुलाई पछि माईत बाट विहे भएर आफ्नो घरमा गर्नु पर्ने घरायसी कामहरु समेत सिकाउने प्रचलन रहेको छ । नेवा : समाज रामपुरले यस अघि २०६२, २०६७ र २०७२ मा पनि रामपुर यज्ञ सञ्चालन गरेको थियो ।